पोखरा, असार ।
पहिलो संस्करणको राष्ट्रिय ग्योरीगी तथा पुम्से तेक्वान्दो च्याम्पियनसिप असार पहिलो साता आयोजना हुने भएको छ । आयोजक नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ३ ले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असार ५ देखि ७ गतेसम्म संचालन हुने जानकारी गराएको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा आयोजना हुने प्रतियोगितामा ७ प्रदेशको खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । ग्योरीगीतर्फ पुरुषमा ९ र महिलामा ७ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।


पुम्सेमा एकल, जोडी र टिम समूहमा प्रतिस्पर्धा हुनेछ । हरेक प्रदेशबाट प्रत्येक तौल समूहमा एक जना मात्र खेलाडीले प्रतिस्पर्धा गर्न पाउने छन् । प्रतियोगितामा ग्योरीगीतर्फ ९ पुरुष र ७ महिला तथा पुम्सेतर्फ हरेक प्रदेशका ३ महिला र ३ पुरुषगरि कुल १५४ खेलाडीले प्रतिस्पर्धा गर्ने तेक्वान्दो संघ प्रदेश नम्बर ३ का अध्यक्ष केशव पुरीले जानकारी दिनुभयो ।


करिब २५ लाख लागत खर्च रहेको प्रतियोगितामा सहभागी सम्पूर्ण खर्च आयोजकले व्यहोर्ने छ । यस्तै खेलाडीको लागि १ लाख सम्मको दुर्घटना बिमा समेत गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता दौरान विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार