पोखरा, जेठ ।
पोखरा महानगरपालिका वडा नं ३३ मा रहेको शान्ति उदय मा.वि.बरपाण्डेथुम कास्कीले ट्रयाक शुट वितरण तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । सर्वसुलभ र गुणस्तरीय शिक्षामा हाम्रो हातेमालो भन्ने नाराका साथ भूपू विधार्थी मञ्चको सकृयतामा विद्यालयका १८० बढी बिद्यार्थीहरुलाई निशुल्क ट्रयाक शुट वितरण गरिएको हो । ट्रयाक शुट वितरण गर्दै विव्यस अध्यक्ष समेत रहेका पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले शान्ति उदय मा.वि.ले कास्की जिल्लाको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको चर्चा गर्दै विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाका रुपमा स्थापित गर्नुपर्ने बताए ।

भूपू विधार्थी मञ्चका अध्यक्ष मोति भुजेलले विद्यालयले विभिन्न आरोह अवरोह पार गर्दै वर्तमान अवस्थामा आइपुगेको चर्चा गर्दै यस अवस्थासम्म ल्याइपु¥याउन योगदान गर्ने सम्पूर्ण अभिभावक तथा शिक्षासेवीको योगदान प्रशंसनीय भएको तथा ऐतिहासिक गरिमा र उच्चतालाई कायम गराउन यस क्षेत्रका अभिभावक एवम् शिक्षासेवीको महत्वपूर्ण भूमिकाको अपेक्षा गरिएको वताए । विद्यालयका शिक्षक वेदनाथ आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा प्राचार्य टेकनारायण गिरी, भूपू विधार्थी मञ्चका पदाधिकारीहरु , विद्यालयका, शिक्षक, अभिभावक, विधार्थीहरु लगायतले सबैको सकारात्मक चिन्तन एवम् सहयोग अपरिहार्य हुनेमा जोड दिएका थिए । ट्रयाक शुट वितरण पश्चात विभिन्न जातका वृक्षारोपण कार्यक्रम समेत सम्पन्न भएको छ ।


कास्कीका दुई वटा सामुदायिक बिद्यालयलाई पोखराको गैह््रापाटनमा रहेको कुमुदीनि होम्स माविले शैक्षिक सामाग्रि सहयोग गरेको छ । सामुदायिक बिद्यायलको गुणस्तरिय शैक्षिक विकास गराउने उद्धेश्यले आफुहरुले यस बर्ष पनि कास्कीको भुजुङखोलामा रहेको हिमालयन आधारभुत बिद्यालय र सार्दीखोलाको खादरजुङमा रहेको वाराही आधारभुत बिद्यालयलार्ई शैक्षिक सामाग्रि प्रदान गरेको कुमुदीनि होम्सका संस्थापक असोक पालिखेले बताए । बिद्यालयको प्राथनाको समयमै आयोजित एक समारोहका बिच शैक्षिक सामाग्रिको साथमा नगद हस्तान्तरण गरिएको हो । हिमालयनका प्रधानाध्यापक माधव प्रसाद गौतम र वाराहीका प्रधानाध्यापक राम प्रसाद आचार्यलाई बिद्यालयका बिद्यार्थीहरुले उक्त सहयोग हस्तान्तरण गरेका हुन् । एक कक्षा देखि १० कक्षासम्म अध्ययन गर्ने बिद्यार्थीहरुबाट संकलन भएको शैक्षिक सामाग्रि (कपी, इरेजर, पेन्सिल कटर र पेन्सिल) गरी करिब ४३ जहार ९ सय १० रुपैया मुल्य बराबरको शैक्षिक सामाग्रि दुई वटा समुदायीक बिद्यालयलाई हस्तान्तरण गरिएको हो संस्थापक पालिखेले बताए । बिद्यार्थीहरुलाई सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास गर्न बिद्यार्थीहरुबाट संकलन भएको शैक्षिक सामग्रीहरु कमजोर आर्थिक अबस्था भएका बिद्यार्थीहरुलाई उक्त शैक्षिक सामाग्रि वितरण गरिएको उनले जनाए ।

उक्त अवसरमा लोटस फाउण्डेसन जर्मनी रैनर कुवेराबाट दुबै सामुदायिक बिद्यालयको लागि जनही एक लाख ८ हजारको दरले प्राप्त भएको रकम समेत हस्तान्तरण गरिएको छ । कुवेराबाट दुबै बिद्यालयलाई बार्षिक रुपमा २ लाख १६ हजार रुपैया का दरले सहयोग प्राप्त हुने भएको छ । हिमाल मिडिया प्रालिका संचालक दुर्गा हुमागाँइले उक्त रकम बराबरको चेक दुबै बिद्यालयका प्रधानाध्यापकहरुलाई हस्तान्तरण गरेका हुन्। कुमुदीनि होम्सले प्रतिक पौडेल र बिष्णु माया आलेलाई आवासिय सुविधा सहित पढाउदै आएको छ । बार्षिक रुपमा करिब ५ लाख ५० हजार मुल्य बराबरको आर्थिक भार बिद्यालयबाटै व्याबस्थपन गरिएको बतान्छ । पौडेल कक्षा ४ मा र आले कक्षा ३ मा अध्ययनरत छन्। बिद्यालयले विगत ७ बर्ष देखि हिमालयनलाइ र बारहीलाइ विगत ४ बर्ष देखि शैक्षिक सामाग्रिको साथमा ३०÷३० स्थान बिद्यालय पोसाक समेत सहयोग गर्दै आएको छ । हिमालयनमा हाल ३९ जना र वाराहिमा ५० जना बिद्यार्थीहरु रहेकाछन्।



