पोखरा, जेठ ।
पोखरा महानगरपालिकाले वडा नम्बर २९ स्थित भण्डारढिक खेल मैदानमा खुल्ला व्यायमशाला बनाएको छ । बढ्दो सहरीकरणसँगै खुला ठाउँको अभाव भइरहेको बेला पोखरा महानगरपालिकाले नागरिकलाई स्वस्थ्य बनाउन खुल्ला व्यायामशाला निर्माणको काम सुरु गरेको हो। भण्डारढिकमा स्थापना गरिएको व्यायमशालाको बिहीबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गरे । यो पोखराको पहिलो खुल्ला व्यायामशाला हो । व्यायामशालाको उद्घाटन गर्दै प्रमुख जिसीले स्वस्थ्य नागरिक निर्माणको लागि महानगरले खुल्ला व्यायाशालाको अवधारण अगाडि बढाएको बताए । उनले यस्ता व्यायमशाला टोल÷टोल हुनुपर्ने बताउँदै टोल विकास संस्थासँग महानगरले सहकार्य गरेर व्यायामशाला निर्माण गर्न सहयोग गर्ने समेत बताए । उक्त स्थानमा एक सेट व्यायाम राखिएको छ भने एकै पटकमा १४ जनाले व्यायाम गर्न मिल्नेछ । उक्त सामग्री खरिद गर्न महानगरले २ लाख खर्चेको छ ।

महानगरपालिकाका अनुसार पोखरा ६ बैदामस्थित तालबाराही विद्यालय नजिकैको छेउको पार्कमा केही दिनमै एक सेट व्यायाम सामग्री राखिने छ । उक्त सामग्री चिनबाट खरिद गरी ल्याइएको हो । व्यायामशालामा निशुल्क रुपमा व्यायाम गर्न सकिनेछ । भण्डारढिक रंगशालाको व्यवस्थापन र सञ्चालन गर्दै आएको आदर्श क्लबले नै व्यायामशालाको व्यवस्थपान गर्नेछ । आदर्श क्लबका अध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतमा भएको कार्यक्रममा पोखरा २९ का कार्यवाहक वडाध्यक्ष हेमबहादुर बानिया, आदर्श क्लबको पूर्व अध्यक्ष विशाल श्रेष्ठ, सचिव पदम गुरुङले व्यायामशालाको बारेमा बोलेका थिए । पोखरा १८ जामुनबोट खुला व्यायामशाला निर्माणका लागि टेन्डरमार्फत निर्माण कम्पनीसँग सम्झौता समेत भइसकेको छ । खुला व्यायामशालाको प्रकृति एउटै हुने महानगरपालिकाका सूचना अधिकारी गंगालाल सुवेदीले जानकारी दिए । पोखरा १८ जामुनबोटस्थित सार्वजनिक जग्गामा बन्ने उक्त व्यायामशालाको निर्माण ठेक्का पोखराकै मोनालिसा निर्माण सेवाले पाएको छ ।
कम्पनीले ४५ लाख २ हजारमा निर्माणको ठेक्का पारेको हो । १ सय ४५ फिट लम्बाइ र ८२ फिट चौडाइमा व्यायामशालाका लागि फाउन्डेसन तयार हुने महानगरका सहरी पूर्वाधार महाशाखाका इन्जिनियर राजु रेग्मीले जानकारी दिए । पोखरा ३१ बेगनासताल नजिकै निर्माण गर्ने व्यायामशालाका लागि ठेक्का सम्झौता भएको छ । एमएनसी÷लोयल जेभी पोखराकै निर्माण कम्पनीले उक्त योजनाको ठेक्का पाएको हो । उक्त व्यायामशालाका लागि ४९ लाख ५९ हजार रुपैयाँमा निर्माण गर्न कम्पनीले जिम्मेवारी लिएको छ । दौडका लागि वरिपरी दौड ट्रयाक समेत बनाइने भएको छ । योगासनका लागि पार्क भित्रै गार्डेन निर्माण गरी व्यवस्थापन गरिने छ । स्वस्थ्य नागरिक अभियान अन्तर्गत महानगरले खुला व्यायामशालाका लागि योजना बनाएको हो ।


नेपाल मानव अधिकार संगठनले मिडिया काउन्सिलसम्बन्धी विद्येयक संसदबाट पारित भएमा नेपालका सबै मिडिया सरकार नियन्त्रित बन्ने दाबी गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त संगठनले यस्तो दाबी गरेको हो । नेपालको संविधानको प्रस्तावनाको पाँचौ परिच्छेदमा पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभुत रहेको र संविधानको धारा १९ ले सम्पूर्ण सञ्चार क्षेत्रलाई पूर्ण अधिकार प्रदान गरेको संगठनको भनाइ छ । प्रेस काउन्सिल नेपाललाई नेपाल मिडिया काउन्सिलमा रुपान्तरण गर्नेगरि नेपाल मिडिया काउन्सिल कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विद्येयकको उद्देश्य र कारण भनि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको प्रष्टोक्तिमा संचार जगतलाई नियमनका नाममा नियन्त्रण गर्ने उद्देश्य रहेको पनि संगठनको दाबी छ । संगठनका अध्यक्ष ईन्द्र प्रसाद अर्यालले आफूहरु सञ्चार क्षेत्रको पूर्ण स्वतन्त्रता र स्वायत्तताको पक्षमा रहेको सुनाए । उनले मिडिया काउन्सिल विद्येयक नेपालको संविधानको विपरित रहेको आरोप लगाउनुभयो । कार्यक्रममा बरिष्ठ अधिवक्ता एवम् मानवअधिकारकर्मी दिनेश त्रिपाठीले संविधानले नै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभुति गरिसकेकोले यो कुरा शासकलाई थाहा हुनुपर्ने बताउनुभयो । उहाले नागरिकको स्वतन्त्रता कुण्ठित पार्ने काम भएको भन्दै समाचार लेखेकै भरमा पत्रकार जेल जानुपर्ने यो कस्तो लोकतन्त्र हो ? भन्दै प्रश्न समेत गर्नुभयो ।
पोखरा महानगरपालिका ५ स्थित मालेपाटन खेल मैदानमा यहि जेठ १६, १७ र १८ गते तेश्रो अभियान पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । अभियान युवा क्लवको आयोजनामा क्लव तथा संघ संस्था स्तरिय भलिवल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको तयारी तिव्ररुपमा अगाडी बढीरहेको प्रतियोगिताका संयोजक धर्मेन्द्र घर्तीले जानकारी दिए । विगतका वर्षहरुमा पनि उल्लेख्य सहभागिता सहित सम्पन्न भएको बताउदै यो पटक पनि भव्य र सभ्यरुपमा सम्पन्न गराउन क्लबका अध्यक्ष मोहन बहादुर केसीले आग्रह गरे । प्रतियोगिताको बिजेतालाई नगद रु ५० हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र, दोश्रो हुनेलाई नगद रु ३० हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र रहने कुरा आयोजकले जनाएको छ । त्यस्तैगरि बेस्ट सटर, बेस्ट ब्लकर, बेस्ट स्पाईकर, बेस्ट प्लेएर, बेस्ट स्पाईकर, बेस्ट सर्भरको विधालाई ट्रफी, प्रमाणपत्र दिईने र अनुशासित टीमलाई प्रशंसा पत्र दिईने आयोजकले जनाएको छ । विगत १३ वर्षदेखि क्लबले खेलकुद, स्वास्थ्य, वातावरण तथा विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।

लमजुङको सुन्दरबजारमा निशुल्क योग शिविर हुने भएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा जेठ ४ गते देखि ६ गते सम्म शिविर हुने भएको हो । स्वास्थ्य जीवन अभियान अन्तर्गत निशुल्क योग शिविर र ६ गते विशषेज्ञ आयूर्वेद स्वास्थ्य शिविर आयोजना गरिएको मन्त्रालयका कार्यक्रम संयोजक नवीनकिरण भुसालले जानकारी दिए । उनका अनुसार आजभोलि नसर्ने रोगहरुको प्रकोप बढिरहेको साथै नसर्ने रोगको कारणले अकाल मृत्युको दर बढिरहेको सन्दर्भमा योग जीवन शैली व्यवस्थापन र आयूर्वेदको माध्यमबाट यस्ता समस्याहरुको न्यूनीकरण गर्न सकिने हुनाले शिविरको आयोजना गरिएको बताए । शिविरमा बिहान ६ बजे देखि ८ बजे सम्म डा. योगी विकासानन्दको प्रशिक्षणमा दिने कार्यक्रम छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्री नरदेवी पुनको पहलमा यो अभियान सञ्चालन गरेको हो ।

योगा युनिभर्सिटी अफ दि अमेकिाजले यही जेठ १६ गते अर्थात मे ३० तारिखमा काठमाडौंमा २०१९’ दिक्षान्त समारोह गर्ने भएको छ । बिहीबार काठमाडौंमा विश्विद्यालयले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा रहेको उक्त विश्वविद्यालयले आफ्नो पहिलो दिक्षान्त समारोह नेपालको काठमाडौंस्थित् नेपाल प्रज्ञा भवनमा अपरान्ह ३ बजे गर्न लागेको हो । पत्रकार सम्मेलनमा बोल्दै विश्वविद्यालयका भाईस चान्सलर डा. योगी देवराजले उक्त दीक्षान्त समारोहमा विश्वका ७ भन्दा बढि राष्ट्रका ख्याँतिप्राप्त व्यक्तित्वहरु, भाईस चान्सलरहरु, योगा च्याम्पियनहरु र अन्तर्राष्ट्रिय व्यक्तिहरुको सहभागिता रहने जानकारी दिनुभयो । उक्त दीक्षान्त समारोहमा विश्वविद्यालयले विद्यावारिधि, मानार्थ डक्टरेट, एम.फिल र एम.एस डिग्री हाँसिल गर्नेलाई दिक्षित गर्ने पनि उहाले बताउनुभयो । यसका अलवा विश्विद्यालयले उक्त समारोहका दिन लाईफ टाईम एचिभमेन्ट र भारथ संस्कृति भुषण अवार्डपनि प्रदान गरिने उहाले बताउनुभयो । कार्यक्रममा विश्वविद्यालयका ईष्ट ईण्डिया र नेपालका निर्देशक गोवद्र्धन प्रसाद अटलले दिक्षान्त समारोहमा ८० भन्दा बढि विद्यार्थीहरु दिक्षित हुने जानकारी दिनुभयो ।



