पोखरा, जेठ ।
घरेलु फोहोरको उचित व्यवस्थापनका गर्दै फोहोरलाई मल बनाउने भाँडा ‘कम्पोष्ट मल बिन’ महिलाहरुको रोजाई बन्दै गएको छ । भान्छाको फोहोरको व्यवस्थापन हुने र त्यहि फोहोर कुहिएर मल भएपछि कौशि तथा करेसाबारिमा लगाइएको तरकारीलाई मल पनि पुग्ने भएपछि यसतर्फ गृहीणिहरुको आकर्षण बढेको छ । १५ सय रुपैयाँ पर्ने कम्पोष्ट मल बिनमा वडा कार्यालयले उपभोक्ताहरुलाई आधा मुल्य निःशुल्क गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ८ ले वडा अन्तर्गतका विभिन्न समुहहरुलाई यो भाँडा वितरण गरिसकिएको छ । यसको माग बढ्दै गएपछि विहिबार सिमलचौरस्थित प्रतिभा मिलन आमा समुहका सदस्यहरुलाई यो भाँडा वितरण गरिएको छ ।


वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बरालले एक समारोहका विच समुहमा आवद्ध ५५ जनालाई कम्पोष्ट मल बिन वितरण गरेका हुन् । कार्यक्रमका बोल्दै वडाध्यक्ष बरालले वितरण गरिएको भाँडालाई आफ्नैं सम्झिएर जतनका साथ प्रयोग गर्न आग्रह गरे । वडामा सडक विस्तार लगायत भौतिक विकासका थुप्रै्र कार्यहरु भएको उल्लेख गर्दै अब वातावरण तथा आत्मानिर्भर सम्बन्धि कार्यक्रमलाई पनि वडाले प्राथमिकतामा राखेको जनाए । कार्यक्रममा पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरिया, कृषि महाशाखा वडा ८ सञ्जालका संयोजक सरस्वती थापा, वडासदस्य पुष्पराज सिग्देल लगायतले कौशि खेती तथा कम्पोष्ट मल बिनको महत्वका बारेमा प्रकास पारेका थिए । प्रतिभा मिलन आमा समुहका अध्यक्ष कमलाकुमारी शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

काठमाडौंको पशुपतिस्थीत नेपाल वेद बिद्याश्रमको जग्गामा वडा कार्यालय निर्माण गर्न लागिएको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् । विरोधका बाबजुत सो स्थानमा काठमाडौं वडा नंवर ८ को वडा कार्यालय निर्माणको शिल्यानाश भने गरिएको छ । नेपाल वेद बिद्याश्रममा धेरै विधार्थीहरु अध्ययनरत रहेको र सोहि स्थानमा आवासिय भवन पनि भएकाले आफुहरुको जग्गामा काठमाडौं वडा नंवर ८ को वडा कार्यालय निर्माण गर्न नहुने भन्दै विद्यार्थीहरुले विरोध जनाएका हुन् । उनीहरुले आफ्नो विद्याश्रमको हाताभित्र कुनै पनि हालतमा वडा कार्यालय निर्माण हुन नहुने भन्दै नारा लगाएका थिए । बिद्याश्रमका शिक्षक विष्णु प्रसाद पोखरेलले वडा कार्यालय स्थापना गरेर बिद्याश्रमलाई नै मास्न खाजेको बताउनुभयो । त्यस्तै उहाले पशुपति बिकास कोषले पनि वडा कार्यालय स्थापना गर्न दिनु मान्य नहुने धारणा राख्नुभयो । २१ रोपनी जग्गामा रहेको विद्याश्रमको दिगो आधार नै जग्गा भएपनि यसलाई नै मास्ने काम भएको उहाको भनाई छ । बिद्यार्थीहरुको नाराबाजी र विरोधको बाबजुत काठमाडौ महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीले ८ नंवर वडा कार्यालयको शिल्यानाश गर्नुभएको थियो । महानगरका प्रमुख शाक्यले आफ्नो गुरुयोजना लागू गर्दा पशुपति क्षेत्र बिकास कोषले पश्चिम गेट नजिकै रहेको वडा कार्यालयको पाँच रोपनी जग्गा र भवन लिएको र अहिलेको स्थानमा वडा कार्यालय बनाउन कोषले चार आना जग्गा दिएको बताउनुभयो । उहाले जग्गाका बारेमा देखिएको विवादलाई कोषले नै समाधान खोज्नुपर्ने बताउनुभयो । यता कोषले भने शिल्यानाश भएपनि जग्गाका बारेमा देखिएको समस्या समाधान गर्न तयार रहेको जनाएको छ ।
एसिया कप व्हिल चियर टी–ट्वान्टी क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । बिहिबार भएको दोस्रो खेलमा नेपाल बंगलादेशसंग ८ विकेटले पराजित भएको छ । किर्तिपुरस्थित टियु मैदानमा नेपालले दिएको १४९ रनको लक्ष्य बंगलादेशले १८ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । बंगलादेशको जितमा मोहमद रिपोन उडिनले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, जाबेद अहमेदले ३८ रन जोड्दा साजिद हुसेनले ३१ तथा मोहमद असिप हुसेनले अविजित १३ रन बनाए । नेपालका कप्तान दिगम सिंह चेम्जोङ र सुपर राईले १–१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ ओभर ३ बलमा अलआउट हुँदै १४८ रन बनाएको थियो । नेपालका लागि होमनाथ राईले ३६ रन बनाए । यस्तै कप्तान दिगम सिंह चेम्जोङले ३५ रन, डम्बर मगरले १९ र विष्णु पुकार श्रेष्ठले १६ रन जोडेका थिए । बंगलादेशका मोहिदुल अस्लामले ३ विकेट लिए । यो हारसंगै नेपालको फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । नेपाल बुधबार भएको पहिलो खेलमा भारतसँग ६ विकेटले पराजित भएको थियो । अब नेपालले शुक्रबार पाकिस्तानसंग खेल्नेछ । बंगलादेशको यो पहिलो जित हो ।

विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिले यही जेठ ११ र १२ गते पोखरामा आयोजना गर्ने ७ औं राष्ट्रिय महासभा (अधिवेशन) को तयारी पूरा भएको जनाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले अधिवेशनको तयारी तिव्र रुपमा अघि बढेको जनाएको हो । समितिका अध्यक्ष डाक्टर रामचन्द्र अधिकारीले उक्त महासभामा देशका ६० भन्दा बढि जिल्लाबाट सहभागिता रहने बताउनुभयो । कार्यक्रममा बैंकेटेश्वर पिठाधिश स्वामी पद्मधराचार्यले सनातन हिन्दू धार्मिक संघसंगठनहरु एकजुट भएर अघि बढ्नुपर्ने बेला आईसकेको बताउनुभयो । उहाले हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि अब सबै एकजुट भएर अघि बढ्नुपर्ने बेला आएको धारणा पनि राख्नुभयो । कार्यक्रममा विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापाले ७ औं महासभाले समितिको नेतृत्व चयन गर्नुपर्ने आवश्यकत्ता औल्याउनुभयो ।



