पोखरा, वैशाख ।
प्राकृतिक सुन्दरता नेपालका लागी सृष्तिको बरदान हो । आज यहि सुन्दरता दुनिँयाका सामु कसैका लागी देखाउने दाँत त, कसैका लागी कमाई खाने भाँडो बनेको छ । दक्षिण तर्फ रहेको समथर भुमि, पहाडी क्षेत्रमा रहेका डाँडाकाडाँ र हिमाली भेगमा सेताम्मे हिमालका दन्तेलहर प्रकृतिको अनुपम उपहार हुन् ।
त्यसमाथी पोखरा, जहाँ फेवामा पौडेको माछापुच्छ्रे र माछापुच्छ्रै कै छत्रछाँयामा हुर्कदै गरेको पोखरा साँच्ची कै स्वर्गको टुक्रा नै भन्नु पर्ला । तर, वास्तविकताले त्यो पुष्टि गर्न हम्मेहम्मे परेपनि पोखरा आसपासमा गरिने साईकिलि∙ले भने निकै आनन्द थप्ने गरेको साईकलयात्रीले बताउने गरेका छन् । पछिल्लो समय साईकल पर्यटन प्रवद्र्धनको आधार बन्न सक्नेमा उनिहरु विश्वस्त समेत रहेका छन् ।
यसैविषयमा रहेर हामीले साईकल सिटि पोखराका पुर्व अध्यक्ष जितेन्द्रमान शाक्यसंग संक्षिप्त कुराकानी गरेका छौ । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश :


०१. पर्यटन प्रवद्र्धनमा साईकलको कस्तो भुमिका रहन्छ ?
पर्यटन प्रवद्र्धनका लागी साईकलको धेरै ठुलो भुमिका हुन्छ । साईकल यस्तो माध्यम हो कि जसले पर्यटकको बसाई लम्ब्याउन सक्छ । जबकी उनिहरु साईकल बाहेकका सवारीहरु मार्फत घुमे भने बसाई छोट्टो हुन्छ । तर, साईकलमा उनिहरुलाई घुमाईयो भने बसाई लम्बिन्छ । पर्यटकको बसाई जति लम्ब्याउन सकियो उति नै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्छ ।

०२. साईकल र पर्यटन कत्तिका नजिकका शब्दहरु हुन् ?
न∙ र मासु जत्ति कै भने पनि फरक पर्दैन । विदेशबाट आउने प्राय पर्यटकहरु साईकलमा घुम्न चाहन्छन् । र, पोखराको भुबनोट पनि उत्ति कै रमणीय छ । जहाँ साईकल यात्रा गर्दाको मज्जा नै बेग्लै हुन्छ । तालै तालको शहर र अर्को तर्फ जहाँबाट हेरे पनि सेताम्य हिमालहरु देख्न सकिन्छन् । जहाँ साइकल मार्फत यात्रा गर्दा पर्यटकहरु पुनरागमनका लागी समेत लालायीत हुन्छन भने धेरै समय समेत व्यतित गर्न सक्छन् । त्यसैले पर्यटन र साईकल असाध्यै नजिकका शब्दहरु हुन् ।

०३. पोखराको सडकमा छुट्टै साईकल लेनको आवाश्यकता छ की छैन् ?
साईकल लेनको आवाश्यकता त छ तर, साँघुरा बाटोहरु निर्माण भैसकेको स्थान साईकल लेनको माग गरेर पुरा हुने अवस्था छैन् । किनकी साईकल लेनको लागी आवाश्यक मापदण्ड र फराकिलो भएको खण्डमा मात्र माग राख्नु उपयुक्त हुन्छ । तर, अव बन्ने ठुला सडकहरुमा अनिवार्य रुपमा साईकल लेनको व्यवस्था गर्नुपर्छ । जुन अहिले पोखरामा चक्रपथको कुरा आईरहेको छ, त्यो बन्यो भने चाँही अनिवार्य छुट्टै साईकल लेनको निर्माण गर्नुपर्छ भन्ने हाम्रो माग हो ।

०४. साईकलयात्री कत्तिको सुरक्षित यात्रा गर्न सक्छ सडकमा ?
चाहे मोटर साईकल होस् या साईकल जे भएपनि यात्रा जोखिमपुर्ण नै हुन्छ । चलाए पछि लड्न सकिन्छ । जहाँ सम्म जोखिक पुर्णको कुरा छ, पोखरा मात्र होईन कुनै पनि सडकमा साईकलमा यात्रा गर्दा ठुला सवारीहरुले अटेर गरेर साईड नदिने वेवास्ता गर्ने प्रवृति छ । तर सडकमा यात्रा गर्दा स्वयम साईकल यात्री नै सचेत भएर चलाउनु पर्ने हुन्छ । दुर्घट्ना हुनबाट जोगिनका लागी सावधानी पुर्वक चलाउनु पर्छ ।

०५. कति वर्षदेखी साईकल चढ्दै हुनुहुन्छ तपाई ?
साईकल त म सानै उमेरदेखी चढ्दै आएको हो । अहिले यो व्यक्तिगत रुपमा पनि साईकल कम्पिटेसनमा पनि जाने गर्दछु । यो हिषाले व्यक्तिगत रुपमा पाँच छ वर्षदेखी साईकल चढ्दै आएको छु । तर, पोखरालाई साईकलमैत्री शहर बनाउनका लागी क्लव तथा संघसंस्थाहरुमा लागेको चार पाँच वर्ष जति भयो ।

०६. साईकलको परिभाषा के हो ?
साईकल एउटा यस्तो साधन हो कि, हरेक चिजको आवाश्यकता नै त्यसको जन्म हुन्छ । जस्तो आवाश्यकता नै जननी हो भनिन्छ नी । त्यसरी नै संसारमा आवास्यकता अनुसार सवभन्दा पहिले भईकलहरु मध्येमा साईकलको नै निर्माण भएको हुनु पर्छ । एक ठाँउबाट अर्को ठाँउमा अलिक छिटो पुग्नका लागी यसको विकास गरेको जस्तो लाग्छ ।

०७. साईकल सस्तो र सवैका लागी हो भन्न सकिन्छ ?
हजुर, यसमा कुनै दुईमत छैन् । म त पुरै सहमत छु ।
०८. साईकल किन चढ्ने ?
स्वास्थ्य जिवन र वातावरणीय सवच्छताका लागी ।



