काठमाण्डौ, वैशाख ।
नेपालकै नमूना आध्यात्मिक केन्द स्थापनाका लागि बहृत् योजनाका साथ नारायण पोखरेल प्रतिष्ठानको आयोजनामा बैशाख २३ गतेदेखि बैशाख ३० गतेसम्म काठमाडौंको सीतापाईला चोकमा ऐतिहासिक गीताज्ञान महानुष्ठान हुने भएको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गीताज्ञान महानुष्ठान आयोजकले यस्तो जानकारी गराएको हो । उक्त गीताज्ञान महानुष्ठानबाट संकलित दातव्ययबाट निर्माणधिन बद्रि नारायण धामको निर्माण अगाडि बढाउने उद्देश्य रहेको प्रतिष्ठानका संरक्षक एवम् अध्यक्ष सुविख्यात युवावाचक वाचन प्रविण पण्डित दीनबन्धु पोखरेलले जानकारी दिनुभयो ।


गीताज्ञान महानुष्ठानको उद्देश्य तथा महत्वबारे प्रकाश पार्दे पण्डित पोखरेलले गीताको तार्किक व्यवहारिक, वैज्ञानिक तथा समसामयिक व्याख्या गरी सम्स्त ज्ञान अनुरागीहरुमा आन्तरिक जागृति पैदा गर्न पनि उक्त महानुष्ठान फलदायी हुने विश्वास दिलाउनुभयो । त्यस्तै, बद्रि नारायणधामसहितको नारायण आध्यात्मिक केन्द्रको विश्वव्यापी प्रचार प्रवाह तथा संचालन गरी नेपाललाई आध्यात्मिक केन्द्रको रुपमा विकास गर्न टुवा पुर्याउनु अर्को उद्देश्य रहेको उहाले बताउनुभयो ।
उक्त अनुष्ठानमा सबै धर्मका अनुयायीहरु आउन सक्ने भन्दै बैशाख २३ गतेबाट सुरु हुने उक्त महाअनुष्ठानको ज्ञान गंगाको तयारी पुरा भएको उहाले बताउनुभयो । नारायण पोखरेल प्रतिष्ठान नागार्जुन– ७ रामकोटको आयोजनामा हुने अनुष्ठानमा वाचनप्रविण पण्डित दीनबन्धु पोखरेलले श्रीमद्भागवत गीताको बैज्ञानिक र व्यवहारिक पक्षको बारेमा जानकारी गराउने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार