पोखरा, वैशाख ।
पाँच बुँदे पोखरा घोषणापत्र जारी गर्दै गण्डकी प्रदेश स्तरीय मिडिया सम्मेलन सकिएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशद्धारा आयोजित उक्त सम्मेलन पर्यटन र पत्रकारीता विषय माथीको अन्तिम छलफलसंगै समापन गरिएको हो ।
सम्मेलनले जारी गरेको घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथी भैरहेको प्रहार प्रति सरकारको ध्यानाकर्षण गर्दै यस्ता गतिविधिहरु तत्काल बन्द गर्न माग गरिएको छ । यस्तै समाचार लेखेकै आधारमा पत्रकार माथी भैरहेको धरपकड गिरफ्तारी जस्ता घट्नाहरुको निन्दा गर्दै यस्ता गतिविधि तत्काल बन्द गरि संविधान प्रदत्त अधिकारको रक्षा समेत माग गरिएको छ ।

दुईदिन सम्म चलेको सम्मेलन मार्फत प्रेस तथा अभिव्यक्ती स्वतन्त्रताको निर्वाद उपभोग गर्दै नागरीक अधिकारको रक्षा गर्न मिडियामैत्री कानुन निर्माण गर्न पनि माग गरिएको छ। घोषणा पत्रको चौठो बुँदामा मिडिया सवलिकरण एंव त्यहाँ कार्यरत श्रमजिवि पत्रकारहरुको संरक्षणका लागी समानुपातिक विज्ञापन नीति लागु गर्न सरकार र श्रमजिवि पत्रकार ऐन लागु गर्न सम्वद्ध संचारगृह समक्ष माग गरिएको छ ।
साथै गण्डकी प्रदेश स्तरीय मिडिया सम्मेलनले प्रदेशको समृद्धिका लागी पत्रकारीतामा समावेशिता, यसको माध्यमबाट समृद्धि, बालमैत्री पत्रकारिता र पर्यटन प्रवद्र्धन लगायतका विषयहरुलाई उच्च प्राथामिकता दिन प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
सम्मेलनमा गण्डकी प्रदेशका जिल्ला अध्यक्ष एंव प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।




