पोखरा, वैशाख ।
गण्डकी प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले मुलुकको आर्थीक विकास र समृद्धिका लागी मिडिया र मिडियाकर्मीहरुको भुमिका महत्वपुर्ण भुमिका हुने उल्लेख गर्दै त्यसतर्फ कलम चलाउन आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ गण्डकीद्धारा पोखरामा आयोजित मिडिया सम्मेलनमा बोल्दै मन्त्री चुमानले पत्रकारीताका चुनौतीहरुको सामना गर्दै मुलुकको विकास र समृद्धिमा योगदान गर्न सुझाएका हुन् ।
परिचयपत्र धारी भन्दा परिचय पत्र नभएका पत्रकारहरुको हालिमुहाली बढेको प्रति सचेत रहन आग्रह गर्दै मन्त्री चुमानले राजनीति गर्नु आवाश्यक नरहेपनि सवैले बुझ्न जरुरी रहेको बताए ।
भोली सम्म चल्ने उक्त सम्मेलनमा मुलुकको विकास र समृद्धि, समावेसी सहभागीता, नेपाली पत्रकारीता विकासका चुनौती र समस्या लगायतका विवभिन्न विषयहरुमा विषयविज्ञहरुसंग छलफल तथा अन्तरक्रिया गरिने छन् ।
सम्मेलनमा गण्डकी प्रदेशका ११ जिल्ला पत्रकारहरुको प्रनिधिमुलक सहभागीता रहेको महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले बताएका छन् ।




