पोखरा, ०९ चैत्र ।
एचआईभी संक्रमित गोपाल श्रेष्ठको सगरमाथा आरोहण सफल पार्न आवाश्यक अर्थ संकलनका लागी अभियान्ताहरुले आह्वान गरेका छन् । आरोहणका लागी करिब ४३ लाख रुपैयाँ खर्च लाग्ने बताएका उनिहरुले स्थानिय सरकारसंग सहयोगको अपेक्षा समेत व्यक्त गरेका छन् ।
यसअघि सम्पुर्ण तयारी सहित सगरमाथा अरोहणका लागी आधार शिविर सम्म पुगेका श्रेष्ठ ०७२ सालको भुकम्पका कारण घाईते भई फर्कनु फर्किएका थिए । तर, दोस्रो पटक यहि अप्रिलको दोस्रो साता कुनै हालतमा सगरमाथा चढ्ने श्रेष्ठले अठोट व्यक्त गरेका छन् ।

पोखरा महानगरपालिका वडा नं. ७ का गोपाल श्रेष्ठ बिश्व समुदायको एचआईभि एड्सका बारेमा ध्यान केन्द्रीत गर्ने उद्देश्यका साथ सगरमाथा आरोहणको तयारी गरिरहेका छन् । हजारौ मानिसहरुले चुमिसकेको सगरमाथाको आरोहण फेरी अरु कसैले आरोहणको तयारी गरिरहेछ भन्ने विषय खास मानिसहरुका लागी नौलो नहुन सक्छ ।
तर, श्रेष्ठ ति व्यक्ति हुन् जो कुनै समय दुनियाँ भन्दा बेग्लै र सामाजिक रुपमा उपेक्षाको शिकार बनेका थिए । जिवनको पुर्व समय लागुपदार्थ दुव्र्यसनिका कारण एचआईभि सक्रंमित बन्न पुगेका उनि अहिले नयाँ जोस र जाँगरका साथ सार्थक अभियानको दौडमा छन् ।
पुर्व राष्ट्रिय टिमका फुटबलर समेत रहेका श्रेष्ठले ६ हजार माथीका तिन वटा हिमालहरुको सफलता पुर्वक आरोहण गरिसकेका छन् । श्रेष्ठका अनुसार जारी अभियनाको एउटा मात्र सन्देस हुनेछ, समाजमा एचआईभि संक्रमीतलाई हेर्ने दृष्टीकोण फेरिनु पर्छ । उनको यस कार्यमा स्थानिय सरकारका तर्फबाट समेत सहयेगको अपेक्षा गरिएको छ ।


विश्वमा एचआईभि पत्ता लागेको ३७ बर्ष पुगिसकेको छ । यसले सन् २०२० सम्मको लागि ९० प्रतिसत एचआईभी संक्रमितहरुले आफ्नो संक्रमण अवस्थाबारे थाहापाउने, ति मध्य ९० प्रतिसतको औषधी उपचारको पहुँच हुने र ति औषधी खानेहरु मध्ये ९० प्रतिसतको शरीरमा भाईरसको भार न्युन भएको हुने लगायतका लक्ष्यलाई प्राप्त गर्न टेवा मिल्नेछ । नेपालमा ३१ हजार २० जनामा संक्रमण भएको अनुमान छ । यसको निराकरणका लागी जनचेतना अभिवृद्धिमा एक जना अभियान्ता विश्व मोहन गौचनले जोड दिएका छन् ।
तर, सन २०१० देखी सन् २०१७ सम्मको बिस्वोब्यापी १६ प्रतिसत नयाँ संक्रमण घटेको छ भने ३५ प्रतिसतने बच्चाहरुमा हुने संक्रमण कम भएको छ । सन् २०१७ सम्ममा कुल एच आई भी संक्रमित मध्य ५९ प्रतिसत एआरभी उपचारमा छन् । सन् २०१७ सम्म नेपालमा ६१ प्रतिसतले नयाँ संक्रमण घटेको छ भने ६३ प्रतिसतले बच्चाहरुमा हुने नयाँ संक्रमणमा कमी आएको छ ।



