पोखरा, ०८ चैत्र ।
प्याराग्लाइडिङको नियमनको अधिकाशं काम, कारवाही हवाई खेलकुद संस्था (ना) बाटै हुने भएको छ । नागरिक उडड्यन प्राधिकरण (क्यान) ले प्याराग्लाइडिङ सम्बन्धि अधिकांश अधिकार प्रत्यायोजना गरी नालाई प्राधिकारीक संस्थाको रुपमा मान्यता दिने तयारी गरेको हो ।
ना लाई प्याराग्लाइडिङ सम्बन्धि लाइसेन्स जारी गर्ने देखि नियम विपरित संचालन हुने कम्पनी उपर दर्ता खारेजीको सिफारिस सम्मको अधिकार दिने तयारी भएको क्यानका प्रबन्धक देवेन्द्र पाण्डेले बताए । प्याराग्लाइडिङलाई नियमन गर्ने, व्यबस्थापन गर्ने, सुरक्षित उडान गराउने, गल्तल गर्ने उपर कम्पनि निलम्बनको लागि सिफारिस सम्मको अधिकार नालाई दिने अन्तिम तयारी भएको उनले जनाए । केहि दिनमा पोखरामा एक समारोहका बिच यस बिषयमा छलफल गरी सार्वजनीक गर्ने तयारी भएको प्रबन्धक पाण्डेले जनाए ।


विगत ५ बर्ष देखि प्याराग्लाइडिङलाई व्यबस्थित पार्न माग गर्दै आउने क्रममा क्यानले हवाई खेलकुद संस्था ना संगको सहकार्यमा अबको केहि दिनबाटै प्राधिकारीक संस्थाको रुपमा जिम्मेवार दिने भएकोले आफुहरु निकै खुसि भएको नाका अध्यक्ष योगेस भट्टराईले बताए ।
राज्यलाई दिने शुल्क तथा करको बिषय बाहेक अन्य धेरै अधिकार नालाई भए पश्चात पोखरामा हुने प्याराग्लाइडिङ दुर्घटनालाई न्यूनिकरण गर्न आफुहरुको पहिलो प्रयास हुने भएको उनले बताए । पहिलो एक बर्षसम्म क्यानको समन्वयमा धेरै काम गर्ने आफुहरुको योजना रहेको नाका अध्यक्ष भट्टराईले जनाए ।


प्याराग्लाइडिङको निमनकारी निकाय नालाई बनाएसंगै प्याराग्लाइडिङमा हुने विकृतिलाई धेरै हदसम्म न्यूनिकरण गर्न सकिने भएको नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याण्ड ग्लाईडिङ्ग संघ (नेफा) का महासचिव शैलेन्द्र राउतले बताए ।
प्याराग्लाइडिङको प्राधिकारीक संस्था नालाई दिने बिषयमा यही चैत १३ गते पोखरामा स्थानिय, पर्यटन व्यवसायी, प्याराग्लाइडिङ पाईलट तथा कम्पनी, नाका पदाधिकारी लगायतसंग क्यानको टोलीले छलफल गर्ने भएको छ । पोखरामा हाल ६० वटा प्याराग्लाइडिङ कम्पनी रहेकाछन भने करिब ४५ वटा कम्पानी मात्र सक्रिए रहेको बताइन्छ ।
पोखरामा दुई सय जना भन्दा बढी व्यवसायीक (टेण्डम) प्याराग्लाइडिङ पाइलट रहेकाछन भने उतिकै सङख्यामा सिकारु (सोलो) पाइलट रहेकाछन्। पोखरा महानगरपालिकामा विगत ४ बर्ष देखि अधिकांश कम्पनीले नविकरण नगरी कम्पनी संचालन गरे पनि पछिल्लो समयमा दस्तुर सहित नविकरण गर्न थालेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार