पोखरा, ०७ चैत्र ।
पोखराको मुख्य पर्यटकीय स्थल फेवातालको अतिक्रमीत जग्गाको खोजि अभियान सुरु भएको छ । सर्वोच्चको फैसला कार्यान्वयन गर्न गण्डकी प्रदेश सरकारले फेवातालको अतिक्रमण गरिएको जग्गाको खोजि अभियान सुरु गरेको हो ।
फेवाताल किनारा देखि ६५ मिटर लागु हुने गरी फेवातालको चार किल्ला कायम गर्न प्रदेश सरकारले विहिबार देखि प्रारभिक फिल्ड भिजिट सुरु गरेको प्रदेश सांसद राजिव पहारीले जानकारी दिए ।


आगामी ४ महिना भित्र गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र पोखरा महानगरपालिका सहितको टोलीले फेवातालको चार किल्ला कायम गरी फेवा स्तम्भ राख्नेछ । सर्वोच्च अदालतले करिब दुई महिना अघि फेवाताल संरक्षणमा प्रदेशलाईं ४ किल्ला कायम गर्न निर्देशन दिएसंगै गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको संयोजकत्वमा फेवाताल संरक्षणको लागि समिति समेत गठन गरेको छ ।
समितिका सदस्य समेत रहेका सांसद पहारीले सर्वोच्चले दिएको आदेश पालना गर्न आफुहरु कटिवद्ध भएको बताउदै अब फेवातालको वास्तविक अतिक्रमण गरिएको भाग समेत पहिचान हुने गरी आफुहरुले सर्भे गर्ने भएको बताए । टोलीले विहिबार फेवातालको ड्यामसाईड देखि गण्डकी प्रदेशका मुख्य मन्त्रीको क्वाटर हुदै, गौरीघाट, क्याम्पीङचोक, बंगलादी, सेदीबगरसम्मको क्षेत्रमा नापी गर्दै हिडेको थियो ।
फेवातालको किनारा देखि ६५ मिटर लागु गर्दा प्रभारम्भिक फिल्ड भिजिटकै आधारमा पनि सरकारी तथा निजी धेरै भौतिक संरचनाहरु भत्काउनु पर्ने अबस्था देखिएको सांसद पहारीले जनाए । पहिलो दिनको फिल्ड भिजिटका आधारमा बंगलादी नजिक क्षेत्रको पिच सडक देखि तल्लो प्राय सवै जसो घर सहितको बस्ती नै ६५ मिटरमा पर्ने भएकोले गर्दा विस्थापित गर्नु पर्ने रहेको उनले बताए ।
टोलीमा सहभागि पोखरा महानगरापलीकाका प्रमुख प्रशासकिय अधिकृत शेसनारायण पौडेलले प्रदेश सरकारसंगको अगुवाईमा हाल फेवातालको चार किल्ला छुट्टाउने अभियानमा आफुहरु रहेको बताए । धेरै पटक बनेका सर्भे र प्रतिवेदन भएकोले कुन प्रतिवेदन वा कुन सर्भेलाई मानेर अघि बढ्ने आफुहरुलाई हाल ठुलो चुनौती रहेको उनले बताए । फेवातालको हाल करिब ९ हजार ९ सय ५५ रोपनी पानीले ढाकिएको भाग रेहको प्रमुख प्रशासकिय अधिकृत पौडेलले जनाए ।
उनका अनुसार केहि व्यतिको नाममा अझै पनि फेवातालको पानी मुनि लाल पुर्जा रहेको छ । समयमै फेवाताल संरक्षण गर्न नसक्दा हाल मापदण्ड विपरित र फेवाताल किनारामा भटाभट विभिन्न संरचना निमार्ण हुने क्रम रोकिएको छैन्। गैराचौतारा, बंगलादी लगायत क्षेत्रको पिच सडक भन्दा तल्लो भाग ६५ मिटर भित्र पर्ने भएकोले उक्त क्षेत्रमा अझै पनि ३÷४ तले पक्की भवन निमार्ण भईरहेको छ ।
चार किल्ला छुट्याएर पिल्लर गाड्ने तयारी फेवातालको वरपरको ६५ मिटर भूभागमा पर्ने घर टहरा प्रदेश सरकारसँग समन्वय गरेर ६ महिनाभित्र हटाउन अदालतले आदेश दिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार