पोखरा,
शिक्षाशास्त्र संकाय, स्नातकोत्तर तह, नेपाली शिक्षा विभाग, पृथ्वीनारायण क्याम्पसद्वारा वार्षिक रुपमा प्रकाशन हुँदै आएको भाषिक अनुसन्धानमूलक पत्रिका यात्राको ९ औं अङकको विमोचन कार्यक्रम आइतवार सम्पन्न भयो ।

पत्रिकाको लोकापर्ण गर्दै पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा चन्द्रबहादुर थापाले पत्रिकाकोे नियमित प्रकाशन हुदैँ आउनु खुसीको कुरा भएको औँल्याउँदै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।उनले विद्यार्थीलाई सिर्जनशील बन्न आग्रह पनि गरेका थिए।
विभागीय प्रमुख प्रा.डा रामचन्द्र पोखरेलले यात्रा समूह गठनको छोटो अवधिमै पत्रिका प्रकाशन गरेकोमा विद्यार्थीप्रति धन्यवाद दिर्दै विभाग पत्रिका प्रकाशनमा सधै हालेमालो गर्न तयार रहेको बताए ।उनले नेपाली विषय पढेकोमा आफुलाई गर्भ लाग्ने गरेको अनुभव पनि सुनाए ।यात्रा पत्रिकाको नाममा स्थापित अक्षयकोष चाँडै नै वितरणको सोचमा विभाग रहेको पनि उनले जनाएका थिए ।

पूर्व विभागीय प्रमुख प्रा.डा यदुनन्दन उपाध्यायले वि.स २०६६ सालदेखि पत्रिकाले निरन्तरता पाएकोमा खुसी व्यक्त गर्दै यात्रा पत्रिकामा अनुसन्धानमुलक लेख बढाउनुपर्ने सुझाव दिए ।सह–प्राध्यापक डा.नरहरी उपाध्याय गौतमले नेपाली शिक्षा विभागलाई परिचय दिने काम पत्रिकाले गरेको भन्दै विद्यार्थीले ज्ञानको क्षेत्रलाई फराकिलो बनाउनुपर्ने आवश्यकता औँल्याए ।
त्यस अवसरमा सह–प्राध्यापक डा. बाबुराम अधिकारी, सल्लाहकार चोलाकान्त ओझा, पुर्व अध्यक्ष श्रीभद्र पौडेल लगायतले पनि भनाई राखेका थिए ।पत्रिकाको समिक्षा गर्दै उप–प्राध्यापक केशवशरण पराजुलीले परिमाणत्मक र गुणात्मक दुबै दृष्टिले पत्रिका सन्तुलतमा आएको चर्चा गर्दै शीर्षकीय मर्म अनुसार नै लेखहरु आएको भनाई राखे ।
यात्रा समूहका अध्यक्ष जीवनराज सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सदस्य बन्दना थापाले स्वागत तथा सचिव देवी पौडेलले कार्यक्रम संचालन गरेकी थिइन् ।



