बाग्लुङ:  शंकास्पद बस्तु फेला

मिति २०७५।११।३० गते बाग्लुङ नगरपालिका-२ शिवधारा टोल स्थित सडकको छेउमा लामो कर्कको रोल जस्तो देखिने बस्तुमा कालो टेपले बेरि दुई तीन वटा रेशमी तार बाहिर निकालेको सेतो कागजमा खतरा लेखिएको शंकास्पद बस्तु छ, भन्ने खबर प्राप्त हुना साथ उक्त स्थानमा तत्काल नेपाली सेनाको बम डिस्पोजल टोली खटिई उक्त बम डिस्पोज गरेका छन् । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

गोरखा: संकास्पद बस्तु फेला

मिति २०७५/११/३० गते गोरखा नगरपालिका-६ भिआईपि टोलको चोकमा सडकको छेउमा कुक्करमा बाहिर तार निकालेको प्लाष्टिकले प्याक गरेको प्रेसर कुक्कर छ, भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा तत्काल प्रहरी टोली र नेपाली सेनाको टोली खटिई गई उक्त प्रेस कुक्कर बम ०८:२५ बजेको समयमा डिस्पोज गरेको छ, घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

स्याङजा: संकास्पद बस्तु फेला

मिती २०७५।११।३० गते फेदिखोला गाउँपालिका-२ भालुपहाड स्थित सिद्धार्थ राजमार्गमा रातो प्लास्टिक र रातो तारले बेरेको संकास्पद वस्तु छ भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा तत्काल प्रहरी र नेपाली सेनाको टोली खटिई गई घटनाको विषयमा अनसुन्धान गर्दा उक्त वस्तुरणगको डिब्बा भित्र गिट्टी मात्र रहेको र अन्य विष्फोटक पदार्थ केही नरहेकोले उक्त वस्तुलाई प्रहरी टोलीले  बरामद गरी घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

  कास्की: शंकास्पद बस्तु फेला

मिति २०७५।११।३० गते कास्की पोखरा महानगरपालिका-८ सभागृह चोकमा तार जडित पलास्टिकको बट्टामा टेप समेत लगाएको शंकास्पद बस्तु छ, भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा तत्काल प्रहरी टोली र नेपाली सेनाको टोली खटिई गई घटनाको विषयमा अनुसन्धान गर्दा उक्त वस्तु भित्र माटोले भरेको डिब्बा रहेको र अन्य विष्फोटक पदार्थ केही नभएको पाईएको छ । साथै पोखरा महानगरपालिका -२९ भण्डारढिक स्थित रंगशाला गेट अगाडि तार जडित सकेट जस्तो देखिने शंकास्पद बस्तु छ भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा समेत प्रहरी र नेपाली सेनाको टोली खटिई गई बस्तुलाई डिस्पोज गरिएको छ । कास्की प्रहरीद्धारा घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

नवलपरासी ( पूर्व) : संकास्पद बस्तु फेला

मिति २०७५।११।३० गते बर्दघाट सुस्ता पुर्व गैंडाकोट नगरपालिका-९ पूर्व पश्चिम राजमार्ग स्थित जयश्रीपुलमा बम जस्तो देखीने  शंकास्पद बस्तु छ भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा तत्काल प्रहरी टोली र नेपाली सेनाको टोली खटिई गई घटनाको विषयमा अनुसन्धान गर्दा टिनको बट्टा भित्र माटो राखी बाहिरबाट प्लाष्टिकले ढाकेर त्यसको माथि बल्ब जडान गरिएको उक्त पदार्थ विष्फोटक नरहेको अनसुन्धानबाट खुलेको छ । थप अनुसन्धान भईरहेको छ ।

स्याङजा: आगलागि २ चौपाया घाईते

मिती २०७५।११।३० गते बिहान हरिनाश गाउँपालिका- २ सुनाखरी बस्ने नौ कुमार थापाको धन्सारमा अचानक आगोलागी हुँदा १ भैसी र १ गाई घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा तत्काल प्रहरी टोली खटिई गई घटनाको विषयमा अनुसन्धान गर्दा १ लाख बराबरको क्षती भएको र मानविय क्षती नभएको अन्य थप घटनाको विषयमा अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार