पोखरा, २८ फाल्गुन ।
नेपाली कागेंसका सभापति एंव पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले तराईमा क्रियाशिल बिखण्डकारी नेता सिके राउतको नियत माथी शंका व्यक्त गरेका छन् । हालैमात्र राउतले सरकारसंग ११ बुँदे सहमति गरेपनि राउतको गतिविधि शंकास्पद र सहमति विपरित देखिएको भन्दै उसको नियतमाथी सभापति देउवाले शंका व्यक्त गरेका हुन् ।
नेपाल प्रेस युनियन कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारसंगको सहमति विपरित राउतले त्यसको अपब्याख्या गरेको आरोप लगाए । देश टुक्राउने गरी जनमत संग्रहको कुरा गरेका राउतलाई फेरी पक्रनु पर्ने देउवाले बताए । जनअभिमतलाई जनमतसंग्रह भनि ब्याख्या गर्नु राजनीतिक वेईमानी हुने उनले बताए । बिखण्डनकारी भावना र राष्ट्राघाट कुनै हालतमा स्विकार्य नहुने देउवाले चेतावनी दिए ।


सरकारले एक बर्षमा देखाउन लायक एउटा पनि काम नगरेको आरोप लगाउदै सभापति देउवाले अब कागेंस सक्तापक्षको बिरुद्ध शसक्त आन्दोलन गर्ने तयारी रहेको जनाए । सरकारको अधिनायकवादी शैलीका कारण संघियता अप्ठ्यारोमा परेको र प्रेसस्वतन्त्रतालाई समेत कुण्ठित पार्ने चेष्टा गरिएको देउवाले बताए ।
प्रमुख प्रतिपक्षका रुपमा सरकारलाई नियाली रहेको कांग्रेसलाई कमजोर नआँक्न देउवाले चुनौती दिए । त्यसका खातिर सडक देख सदनसम्म सरकार बिरुद्ध आवाज उठाउदै आएको उनले बताए । एमाले जस्तो ३÷४ महिना सम्म सदन ठप्प पार्ने पार्टी कांग्रेस नभएको उनले प्रष्ट पारका छन् ।
देउवाले जंगिदै, चिकित्सा शिक्षा विधेयक अध्यादेश मैले ल्याएको होईन ? त्यसलाई खतम त ओलीले पारेको हो नि । मैले पारेको हो ?’’ चिकित्सा विधेयकलाई ओलीले विगारेको भन्दै उनले थाहा पाएर पनि थाहा नभएको जस्तो नगर्न आग्रह समेत गरे ।

चिकित्सा शिक्षा विधेयक लगातारलाई लिएर संसद नै अवरोध गरेको कांग्रेस गण्डकी मेडिकल कलेजका विद्यार्थीको आन्दोलन बारे मौन छ । कतिपयले भने यसलाई मेडिकल सञ्चालक खुला अर्याल र देउवाको सम्बन्धसँग जोडेर हेरेका छन् ।

https://www.facebook.com/gpokhara/videos/2332718620342603/?t=2

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार