पोखरा, २३ फाल्गुन ।
पोखराको बिन्ध्यासिनी मन्दिरमा निर्माण गरिएको लिफ्टको आज एक कार्यक्रमका बिच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्धघाटन गरेकी छिन् ।

उक्त अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले पोखराको धार्मीक पर्यटन प्रवद्र्धनका खातिर जारी कार्यहरुको प्रशंसा गरिन् । उनले प्राकृतिक र सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्दै मानवहितका कयौन कार्यहरु गर्न सकिने बताईन् ।


प्रदेश प्रमुख बाबुराम कुवंरले संविधानमा गरिएको व्यवस्था अनुसार फरक क्षमता भएका नागरीकका लागी विन्दावासिनी मन्दिरमा निर्माण गरिएको लिफ्टले अपनत्व प्रदान गर्ने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी शुब्बा गुरुङले धार्मीक, सांस्कृतिक र अध्यात्मीक रुपमा गण्डकी प्रदेश सम्पन्न भएकाले यसलाई सभ्यता र समृद्धिसंग जोड्नु आवाश्यक रहेको बताए । सामुदायीक एकता र सद्भाव अभिवृद्धिका लागी समेत धार्मीक र सांस्कृतिक रुपमा भावनात्मक एकता आवाश्यक रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसिले राष्ट्रपति मार्फत पोखरालाई पर्यटकिय महानगर घोषणाका लागी संघिय सरकारको ध्यानाकर्षण गराए ।

हुण्डाई मोटर कम्पनी दक्षिण कोरिया तथा लक्ष्मी ग्रुप नेपालको सहकार्यमा निर्माण गरिएको लिफ्टले विन्ध्यवासिनी दर्शन गर्न आउँने शारिरिक रुपमा अशक्त, जेष्ठ नागरीक र विषेस परिस्थीतिका भक्तजन लगायतलाई थप सजिलो हुने विश्वास गरिएको छ ।



