काठमाण्डौ, २३ फाल्गुन ।
प्रतिनिधिसभा बैठकले पूर्व सांसद गणेश पण्डितको निधनमा शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।
बिहिबार बसको प्रतिनिधिसभाको दोश्रो बैठकमा सभामुख कृष्ण वहादुर महराले शोक प्रस्ताव पेश गर्नुभएको थियो । बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दैै एक मिनेट मौन धारणसमेत गरेको छ ।

तत्कालिन ने.क.पा. (एमाले) को तर्फबाट २०४८ सालमा नुवाकोट जिल्ला क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित, कम्युनिष्ट आन्दोलनका योद्धा गणेश पण्डितको ७२ वर्षको उमेरमा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा हृदयघातको उपचारको क्रममा निधन भएको थियो ।
बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक–सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक फाल्गुन २६ गते बोलाईएको छ ।




