पोखरा, १४ फाल्गुन ।
पोखरामा निर्माणधिन अन्नपुर्ण केवलकारको बैशाख भित्र प्राविधिक परीक्षण गरिने कम्पनीले जनाएको छ ।

२०७४ माघदेखि निर्माणको काम सुरु गरिएको उक्त केवलकार आगामी दशैंमा चढेर सराङकोट पुग्न सकिने सम्भावना रहेको कम्पनीले बताएको छ । १८ टावर मध्ये १५ वटा टावर जडान भइसेका छन् । जापानस्थित निपोन कम्पनीका सामानहरु केवलकारमा प्रयोग गरिएका छन् ।
अन्नपूर्ण केवलकार पोखरा महानगरपालिका १८ सेदी देखी सराङकोटसम्म दुई दशमलव ४ किलोमिटर दुरीको हुनेछ । केवलकारको लागत करिब १ अर्ब ३१ करोड रुपैयाँ अनुमान गरिएको छ ।




