पोखरा, १२ फाल्गुन ।
कास्कीको रुपागाँउपालिकाले गण्डकी प्रदेशका स्थानिय तहहरुका बिचमा प्रतिष्पर्धा हुने गरि “प्रथम अध्यक्ष कप भलिबल” प्रतियोगीता गर्ने भएको छ ।

खेलकुदको माध्यमद्धारा युवाहरुको शारीरिक, मानसिक, संवेगात्मक र व्यक्तित्व ््विकास गर्ने उद्देश्य तथा “युवाहरुलाई खेलकुद तर्फ आकर्षित गरौँ, स्वस्थ र समुन्नत समाजको निर्माण गरौँ ” भन्ने नाराका साथ उक्त प्रतियोगीता आयोजना गरिएको गाँउपालिकाका अध्यक्ष नजराज ओझाले जानकारी दिए ।


उनका अनुसार यहि फाल्गुन २५ देखी २७ गतेसम्म भिरचोक स्थित खेलमैदानमा हुने प्रतियोगीताको विजेताले रु.१ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ ।



