पोखरा, २७ माघ ।
पोखरामा जारी मनकामना केबलकार पोखरा कप २०७५ को फाईनलमा आज पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमली र शसस्त्र प्रहरीको एपिएफ क्लव भिड्ने भएका छन् ।

लिग बिजेता तथा डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लवलाई सडेन डेथमा पराजित गर्दै पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमली प्रतियोगीताको फाईनलमा प्रवेश गरेको हो ।
फाईनल खेल दिउँसो दुई बजेपछि पोखरा रंगशालामा हुनेछ ।
कास्की जिल्ला फुटबल संघद्धारा आयोजित प्रतियोगितामा विजेताले ७ लाख ५५ हजार र उपविजेताले ४ लाख ५ हजार रुपैयाँ पाउनेछ ।




