पोखरा महानगरपालिका वडा नं.९ बसपार्क क्षेत्रमा बसोबास गर्ने वास्तविक सुकुम्वासीहरूको पहिचान गरी १० दिन भित्र प्रतिवेदन पेस गर्ने गरी महानगरपालिकाको प्रशासन महाशाखाका प्रमुख कृष्ण प्रसाद तिवारीको संयोजकत्वमा सुकुम्वासी समस्या सहजीकरण समिति गठन गरिएको छ ।
समितिको सदस्यमा कृषि तथा भूमि व्यवस्था मन्त्रालय गण्डकीका अधिकृत, जिल्ला प्रशासन कार्यालय कास्कीका अधिकृत, साबिक मालपोत कार्यालय कास्कीका अधिकृत, साबिक नापी कार्यालय कास्कीका अधिकृत, जिल्ला प्रहरी कार्यालय कास्कीका अधिकृत प्रतिनिधि तथा वडा नं. ९ का वडा सचिव सदस्य सचिव रहनेछन् ।
समितिलाई महानगरमा पेस हुन आएका ५७२ जना सुकुम्वासीहरूको विषयमा आवश्यक अध्ययन तथा छानबिन गरी १० दिन प्रति प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार महानगरपालिका पोखराको पृथ्वीचोकमा अधिग्रहण गरिएको स्थानमा व्यवस्थित बसपार्क निर्माणको तयारीमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार