फिर्केखोलाको खोला घर खाली गर्ने अभियानको चौँठो दिन साना ठुला गरी २३ वटा संरचनाहरू हटाइएको छ । पोखरा महानगरपालिका वडा नं.१८ र २ को सिमाना क्षेत्रमा ८ वटा संरचनाहरू हटाइएको छ भने, वडा नं.४ र ५ को क्षेत्रमा १ वटा पक्की र ३ वटा कच्ची संरचनाहरू भत्काइएको छ ।
वडा नं.७ र ८ मा ५ वटा कम्पाउन्ड वाल र ६ वटा स्थायी संरचना हटाइएको छ । यसरी चौँठो दिनसम्म आइपुग्दा १०५ वटा संरचनाहरू खोला घरबाट हटाइएको छ ।
खोला घर खाली गर्ने कार्यमा ३ वटा जेसिवी र २ वटा एक्स्काभेटर प्रयोग भइरहेका छन् । नेपाल पहरी, सशस्त्र प्रहरी, महानगरीय प्रहरी बल र प्राविधिक कर्मचारीहरू समेत खटिएका छन् ।
फिर्केखोलाको खोला घर खाली गरिसकेपछि त्यसलाई एक आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गरिनेछ । साइकल ट्र्याक, फुटपाथ, हरियाली प्रवर्द्धन र लाईटिङ् सहितको सुरक्षित पर्यटनका रूपमा फिर्केको विकास गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार