पोखरा महानगरपालिका वडा नं. ९ पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासी तथा भूमिहीन सुकुम्बासी परिवारहरूको स्थानान्तरणका लागि उपयुक्त जग्गा पहिचान तथा सिफारिस गर्नेगरी जग्गा व्यवस्थापन (खोजी) समिति गठन गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ की वडाअध्यक्ष राधिका कुमारी शाही योगीको संयोजकत्वमा गठित समितिको सदस्यमा वडा अध्यक्षहरु दीपेन्द्र मर्सानी, तोरण बानियाँ, बोधराज कार्की, वडा नं.२५ की कार्यवाहक अध्यक्ष धना पोख्रेल, नापी शाखासीता कार्की र सदस्य सचिवमा महानगरका प्रशासकीय अधिृकत टिकाराम बजगाई रहनु भएको छ ।

समितिलाई १० दिनको कार्यदेश दिइएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।



