जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र पोखरा महानगरपालिकाका नगर प्रहरीहरुको संयुक्त टोलीले फुटपाथमा पार्किङ गरी राखेका सवारी साधनहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिरहेका छन् ।


पोखराको सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गा, महेन्द्रपुल, पालिखेचोक, नयाँबजार र पृथ्वीचोक क्षेत्रका फुटपाथमा सर्वसाधरण तथा फरक क्षमता भएका व्यक्तिहरु हिँडडुल नै गर्न नसक्ने गरी मोटरसाइकल तथा स्कुटरहरु पार्किङ गरी अवरोध सृजना गरेको पाइएपछि १ सय बढि सवारी साधनलाई तत्काललै र केहीलाई नियन्त्रणमा लिई आवश्यक कारवाही प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।



