पोखरा महानगरपालिकाद्धारा सञ्चालित गण्डकी बहु प्राविधिक शिक्षालयमा विभिन्न प्राविधिक विषयहरूमा अध्ययनका लागि भर्ना खुलेको छ । शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङमा ४८ जना, डिप्लोमा इन अटोमोवाइन इन्जिनियरिङमा २४ जना, डिप्लोमा इन फार्मेसीमा ४० जना र प्रमाणपत्र तह सामान्य चिकित्सामा ४० जनाका लागि भर्ना खुलेको हो ।
शिक्षालयमा सुलभ मूल्यमा प्राविधिक शिक्षा अध्ययनको व्यवस्था छ । डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन अटोमोवाइन इन्जिनियरिङ अध्ययनका लागि १ लाख २५ हजार रुपैयाँ तथा डिप्लोमा इन फार्मेसी र प्रमाणपत्र तह सामान्य चिकित्सा अध्ययनका लागि २ लाख ५० हजार रुपैयाँ शुल्क लाग्ने शिक्षालयले जनाएको छ ।
सवैका लागि शिक्षा भन्ने नाराका साथ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सँगको साझेदारीमा सञ्चालित शिक्षालय देशभरिमा उत्कृष्ट नतिजा हासिल गर्न सफल भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार