पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर र आसपासमा बसोबास गरिरहेका सुकुम्बासीहरुलाई विवरण पेस गर्न आग्रह गरेको छ ।
पोखरा महानगरपालिका वडा नं १८ को अँधेरीकुनादेखि वडा नं २, ४, ५, ७, ८, १७ हुँदै वडा नं ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको खोलाघर भित्र पर्ने स्थायी तथा अस्थायी संरचनाहरू जेठ ९ गतेसम्म हटाउन सूचना जारी गरेको महानगरपालिकाले फिर्केखोलाको खोलाघर खालि गर्ने तयारी गरिरहेको छ ।

पोखरा महानगरपालिकाबाट यसअघि निस्सा वितरण भएका फिर्केखोलाको खोलाघरमा पर्ने जग्गामा बसोबास गरिरहेका सबै भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई आवश्यक कागजात सहित आफ्नो र परिवारको विवरण भरी शनिबारसम्म बुझाउन आग्रह गरेको हो ।



