स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा र वडा नं.१३ द्वारा आयोजित तरबुजा मेला २०८३ सम्पन्न गरिएको छ । मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो ।
मेलामा कृषक सम्मान, तरबुजा दौड तथा तरबुजा खाने प्रतियोगिता र तरबुजा क्विज समेत सम्पन्न गरिएको छ । प्रतियोगिताका सहभागीहरूलाई पुरस्कार स्वरूप तरबुजा नै प्रदान गरिएको छ । मेलामा सबैभन्दा ठुलो तरबुजा उत्पादन गर्ने कृषक, मिठो तरबुजा उत्पादन गर्ने कृषक र उत्कृष्ट स्टल व्यवस्थापन गर्ने कृषकलाई समेत सम्मान गरिएको छ ।
वडा अध्यक्ष किरण बरालको अध्यक्षतामा सम्पन्न मेलामा नगर प्रमुख आचार्य, गण्डकी प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयकी सचिव डा.प्रेरणा सेढाई भट्टराई, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की, पोखरा भ्रमण वर्षका संयोजक गोपी बहादुर भट्टराई, महाशाखा प्रमुख मनहर कडरिया, तरबुजा कृषक लगायतले पोखरामा तरबुजा उत्पादनको अवस्था, बजारीकरण र खेती विस्तार र सम्भावना लगायतका विषयमा आफ्नो धारणा राख्नु भएको थियो ।




