सरकारको नीति तथा कार्यक्रम माथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएपछि विपक्षी दलका सांसदहरुले संसद अवरुद्ध गरेका छन् ।

संसदमा प्रधानमन्त्रीको उपस्थिति खोजेका विपक्षी दलका सांसदहरुले संसदिय मर्यादाको सम्मान र संविधान अनुसार संसद प्रति उत्तरदायी बन्न प्रधानमन्त्रीलाई सचेत गराउन सभामुखको ध्यानाकर्षण समेत गराएका छन् ।

सभामुख डिपी अर्यालले विपक्षीहरुको अवरोधका बिच १५ मिनेटका लागि संसदको बैठक स्थगित गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार