पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सकुम्बासी समस्याको न्यायोचित समाधान/व्यवस्थापन गर्न सरकारलाई सचेत गराएका छन् । नवनिर्वाचित प्रतिनिधि सभामा आफ्नो पहिलो मन्तव्य राख्दै रास्वपा सरकारलाई उनले सचेत गराएका हुन् ।
सकुम्बासीहरु विकासको बाधक नभएको स्मरण गराउँदै उनीहरूको न्यूनतम मानव अधिकार र मानव मर्यादाको ख्याल गर्न सरकारलाई उनले सुझाव समेत दिए । पछिल्लो समय सरकारले सुकुम्वासीहरू माथि राज्य आतङ्क फैलाएको भन्दै त्यसलाई तत्काल बन्द गरी उनीहरूको न्यायोचित समाधान/व्यवस्थापनमा उनले जोड दिए ।



