नेपाली कांग्रेसले प्रस्तावित ‘प्रतिनिधिसभा नियमावली, २०८३’ को मस्यौदा सच्चाउन माग गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभा नियमावली, २०८३ को मस्यौदाका कतिपय प्रावधानहरू संविधानको मर्म विपरीत र विधिशास्त्रीय दृष्टिकोणले समेत गम्भीर रहेकाले ती विषयहरुलाई सच्चाउनुपर्ने माग गरेको कांग्रेस प्रमुख सचेतक बासना थापाले जानकारी दिइन् ।

असल नियतले सुशसान र सेवा प्रवाह सहजताका लागि गरेका प्रावधानहरूलाई समर्थन गर्ने तर संविधानको भाव विपरित जारी गरिएका प्रावधानहरुको विरुद्धमा संसदमा सशक्त आवाज उठाउने निर्णय गरिएको प्रमुख सचेतक थापाले बताइन् ।

साथै बैठकले सरकारले विधायिकी अधिकारको गम्भीर उल्लंघन र संसदीय अभ्यास माथि निर्मम प्रहार गरेको निष्कर्ष निकालेको उनले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार