अन्तरिक सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहरण गर्दैछिन् । आज बिहान ११ बजेको समयमा उनले सिंहदरबार पदभार ग्रहण गर्नेछिन् ।
जेनजी आन्दोलनले सरकार ढलेपछि शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए । उनले त्यसै दिन शपथ लिएर संसद विघटन गरेकी थिइन् ।

उनले मन्त्री नियुक्तिका लागि छलफल गरिरहेकी छन् । आजै मन्त्रीको नामावली टुंगो लगाउने र नियुक्ति गर्ने तयारी उनको छ ।



