नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्रीका रुपमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।
गतसाता युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा नियुक्त भएकी उनले आधा पदावधि बाँकी रहेको प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी छीन् ।

नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जननिर्वाचित संसद् भंग गरेको मुलुकको इतिहासमा यो दुर्लभ घटना हो । जेनजीहरुको आन्दोलनको मागका रुपमा मौजुदा संसद विघटन र ६ महिना भित्र नयाँ निर्वाचन गर्ने जिम्मेवारी उनको काँधमा रहेको छ । उनले आजै पदभार ग्रहण गर्नेछिन् ।



