अचानक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका वरिष्ठ साहित्यकार प्रकट पङ्गेनी ‘शिव’ को उपचारका क्रममा निधन भएको छ । मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका उनको मङ्गलवार निधन भएको हो ।
पङ्गेनी चित्रकला, गीत, गजल, कविता र मुक्तक लेखनका सिद्धहस्त सर्जक मानिन्थे । नाटक लेखन र मञ्चनमा पनि उनको उत्तिकै दख्खल थियो । रुपा गाउँपालिका वडा नं.५ देउराली स्थायी घर भएका प्रकट विगत डेढ दशकदेखि पोखरा बाटुलेचौरमा बस्दै आएका थिए ।
नेपाली साहित्यको गजल विधामा उनको छुट्टै पहिचान छ । पछिल्लो समय आख्यानमा पनि प्रकटले कलम चलाउँदै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार