राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् । सत्ता गठबन्धनको तर्फबाट साझा उमेदवार रहेका दाहालले विपक्षी गठबन्धनका उमेदवार युवराज शर्मा शर्मालाई पराजित गरेका हुन् ।
राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरताका साथ लिएर म अगाडि बढ्छु । त्यो कानुन निर्माण होस् अथवा अरु सवाल किन नहोस् । राष्ट्रिय सभालाई ओजपूर्ण, गरिमामय र देशको अति आवश्यक संस्था रहेछ भन्ने खालको बनाउन म आफ्नो प्रयत्न गर्नेछु’, उनले भनेका छन् ।

अध्यक्ष दाहालले ३९ मत प्राप्त गरेका छन् ।



