सहिद लखन गाउँपालिका वडा न. ५ भ्याकुरेमा ६० लाख लागतमा सोलर लिफ्ट खानेपानी सञ्चालनमा आएको छ । आइतबार गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले खानेपानीको उद्घाटन गर्दै खानेपानीको समस्या समाधानको लागि सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । उहाँले विपन्न बस्ती रहेको उक्त स्थानमा खानेपानीको समस्या देखेरै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट केही रकम छुट्ट्याएको बताउनुभयो । उक्त क्षेत्रको विकासका लागि आफू सधैँ प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै गोरेटो गोरखाका कार्यकारी प्रमुख पवन रमण खनालले कोभिडका कारण योजना निर्माणमा समस्या भएको बताउनुभयो । सभामुख धितालको सहयोगका कारण योजना सम्पन्न गर्न ठुलो मद्दत मिलेको बताउँदै उहाँले भन्नुभयो । सम्सद विकास कोषको रु.२० लाख सभामुख धितालले विनियोजन गरिदिएका कारण भ्याकुरे खानेपानी सम्पन्न भएको उहाँले बताउनुभयो ।

गोरेटो नेपालले सरफाईको क्षेत्रमा काम गर्ने गरेको बताउँदै खानेपानी पिउन मात्र नभएर कृषिमा पनि उपयोग गर्न सुझाव दिनुभयो । सहिद लखन गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले सभामुख, गोरेटो नेपाल र गाउँपालिकाको निरन्तर सहकार्यमा जोड दिनुभयो । उहाँले भ्याकुरे खानेपानी मात्र नभई यस्ता अन्य योजनाहरू पालीकामा बन्दै गरेको जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले खानेपानी सम्पन्न गर्न भ्याकुरेका जनतालाई एक निर्वाचित सांसदका हैसियतमा सभामुखले गर्नुभएको सहयोग निकै महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले स्थानीय सरकारका हैसियतले गाउँपालिका जनताको आवश्यकता पुरा गर्न सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा सहिद लखन गाउँपालिकाका जनप्रतिनिधिहरू समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

खानेपानी योजना निर्माणमा सहयोग गर्नेहरूलाई सम्मान सम्मान समेत गरिएको छ । योजनाबाट ६० घर घुरी लाभान्वित हुनेछन् । कार्यक्रममा वडा सदस्य अशाोका थापाले स्वागत तथा योजनाको प्रतिवेदन कल्पना घर्तिमगरले प्रस्तुत गर्नुभएको थियो । भ्याकुरे सोलर लिफ्ट खानेपानी तथा ससफाई आयोजनाका अध्यक्ष ओम बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विजय पुडासैनीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार