लायन्स क्लब अफ पोखरा पेन्गुईनको चाटर्ड नाईट सम्पन्न भएको छ । पोखरा बिरौटामा रहेको सूर्योदय पार्टी प्यालेसमा लायन्स क्लब इन्टरनेशन ३२५ आई नेपालका फष्ट भ्वाईस डिष्ट्रिक गर्भनर लायन बिनोद ढुंगानाको प्रमुख आतिथ्यतामा पेन्गुईनले आफ्नो चौथों बार्षिकोत्सव मनाएको हो । स्थापनाको छोटो समयमा नै पेन्गुईनले निकै राम्रो काम गरेकोले यो क्लब सधै डिष्ट्रिकको नगरमा पर्ने गरेको प्रमुख अतिथी लायन बिनोद ढुंगानाले बताउनुभयो । उहाँले क्लबको सफलताको पछाडी सबै लायन्सका साथीहरुले गर्ने मेहनतको प्रतिफल हुने बताउनुभयो । आज स्थापनाको चौथों बर्ष टेक्दै गर्दा क्लबले गरेका कार्यहरु डिष्ट्रिकले स्मरण गर्न योग्य रहेको बताउनुभयो । कार्यक्रममा लियो क्लब अफ पोखरा पेन्गुईनकी निवर्तमान अध्यक्ष लियो दिपा भण्डारीले आफ्नो प्रस्तुती राख्दै लियो क्लबमा सहयोग गर्ने साथीहरुलाई मायाको चिनो बितरण गर्नुभएको थियो । लायन्स क्लब अफ पेन्गुईनका निर्वतमान अध्यक्ष लायन दिपक भण्डारीले आफ्नो लायन बर्ष २०२२÷२३ मा सहयोग गर्ने सबै लायन्सका साथीहरुलाई धन्यवाद दिदै मायाको चिनो प्रदान गर्नुभएको थियो । आफ्नो कार्यकालमा साथ र सहयोग गरेबापत बर्ष २०२२/२३ का सचिव सुवास अम्गाईलाई समेत सम्मान गर्नुभएको थियो । कार्यक्रममा डिजी टू क्लब भिजिट लायन ऋषि गिरी, स्पोन्सर गर्ने मातृक्लब डल्फिनका अध्यक्ष लायन रेवती भण्डारी लगायतले पेन्गुईनको सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रममा क्लबको बारेमा जानकारी सहित स्वागत मन्तब्य संस्थापक अध्यक्ष लायन शितल श्रेष्ठले राख्नु भएको थियो भने धन्यवाद ज्ञापन क्लबका प्रथम उपाध्यक्ष लायन शिब पौडेलले दिनुभएको थियो । कार्यक्रम समापन गर्दै क्लबका अध्यक्ष लायन दिपेश त्रिपाठीले क्लबले यो लायन बर्षमा मात्र १७ वटाकार्य सम्पन्न गरिसकेको जानकारी दिनुभयो । उहाँले क्लब स्थापनाको चार बर्ष लाग्दा धेरै साथीहरुको सहयोगको प्रतिफल भएको स्मरण गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रमलाई क्लबका सचिव लायन निलकण्ठ पौडेलले संचालन गर्नुभएको थियो ।




