पेन्गुईनको रमाईलो तीज कार्यक्रम सम्पन्न
लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई, रिजन –६, जोन–१३ अन्तर्गतको लायन्स क्लव अफ् पोखरा पेन्गुईनले क्लबका सदस्यहरुका परिवार सहित पारिवारिक तीज कार्यक्रम सम्पन्न गरेको छ । मझेरी रिसोर्ट एण्ड स्पामा बिहीबार भएको कार्यक्रममा लायन्स क्लब अफ पोखरा पेन्गुईनका सदस्यहरु, उहाँका परिवारजन, डिष्ट्रिक्ट कोओर्डिनेटर ला. अमृतशोभा खत्री, ला. रिषी गिरी, ला. शान्ता देवी थापा भण्डारी, डिष्ट्रिक्ट एडिशनल कोओर्डिनेटर ला. वशुधा भट्टराई, सिनियर एडभाईजर ला. हिरा भण्डारी, रिजन चियरपर्शन ला. रेश्मा शेरचन अधिकारी, ला. भावना बसेल म्याम, जोन चियरपर्शन ला. वद्रिका ढुंगाना, ला. ज्ञान राना लगायतका उपस्थिती रहेको थियो । नेपाली नारीहरुको महान्पर्व हरितालिका तीज लाई पारिवारीक रमाईलो, फेलोशिपको रुपमा लिदै क्लबले पहिलो पटक यो कार्यक्रम राखेको पेन्गुईनका अध्यक्ष दिपेश त्रिपाठीले जानकारी दिनुभयो । कार्यक्रमले एक अर्कोमा परिचित गराउनुका साथै चाडपर्व र यसको संस्कृती रक्षामा समेत सहयोग पुग्ने अध्यक्ष त्रिपाठीको रहेको छ । कार्यक्रममा लोक तथा दोहारी गायक गायीकाहरु विकास नेपाली, रामा रानामगर, सुनिमा गुरुङले आफ्नो संगीतिक प्रस्तुती मार्फत मनोरंजन दिएका थिए ।
लायन्स क्लब अफ पोखरा पेन्गुईनको रिजन टु क्लब भिजिट सम्पन्न
लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई, रिजन –६, जेन–१३ अन्तर्गतको लायन्स क्लव अफ् पोखरा पेन्गुईनको रिजन टू क्लब भिजिट कार्यक्रम पोखरा लेकसाईड स्थित मझेरी रिसोर्ट एण्ड स्पामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी डिष्ट्रिक्ट कोओर्डिनेटर ला. ऋषि गिरी रहनु भएको थियो भने बिशेष अतिथीमा रिजन ६ की रिजन चियर पर्सन ला. रेश्मा शेरचन अधिकारी रहनुभएको थियो । कार्यक्रममा बोल्दै ला. ऋिषि गिरीले पेन्गुईनले छोटो समयमा गरेको उपलब्धीबारे प्रशंसा गर्नुभयो । क्लब स्थापना भएको ४ बर्षमा उत्कृष्ट काम गर्दै डिष्ट्रिक्टमा राम्रो छवि बनाएको भन्दै अझ यसले लायनीजमको यात्रामा अगाडी बढ्न शुभकामना दिनुभयो । क्लब हुर्कदै गर्दा सबैले सिक्दै जाने र बुझ्दै जाने भएकाले भएका गल्ती कमजोरीलाई सुधार्न पनि उहाँले आग्रह गर्नुभयो । त्यस्तै कार्यक्रममा रिजन ६ की रिजनचियरपर्सन ला. रेश्मा शेरचन अधिकारीले क्लबले गरेका हरेक गतिबिधीहरुलाई रिजनले नियालीरहेको बताउँदै उत्कृष्ट कामको लागी पेन्गुईनलाई धन्यवाद दिनुभयो । क्लबको प्रगती र उन्नती भनेकै क्लबमा रहने सदस्यहरुको सक्रियतामा निर्भर हुने बताउँदै उहाँले पेन्गुनका सबै सदस्यहरु सक्रिय रहेको र यसले रिजनमा राम्रो प्रभाव पारेको बताउनुभयो । क्लब स्थापना पनि बिभिन्न समस्याहरु आउन सक्ने भन्दै लायन्सको नियमभित्र रहेर क्लब संचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा क्लबका अध्यक्ष दिपेश त्रिपाठीले क्लबले गरेका गतिविधीहरुलाई नियालेर भएका कमी कमजोरीहरुलाई औंलाईदिन सबैलाई आग्रह गर्नुभयो । उपाध्यक्ष शिब पौडेलको स्वागत मन्तब्य र सचिव निलकण्ठ पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

४३ युनिट रगत संकलन
लायन्स क्लब अफ पोखरा पेन्गुईन र हिमालयन कलेज अफ हस्पिटालिटी म्यानेजमेन्टको संयुक्त रक्तदानमा ४३ युनिट रगत संकलन भएको छ । हिमालयन कलेज अफ अस्पिटालिटी म्यानेजमेन्टको प्राङ्गणमा भएको कार्यक्रममा एडिसनल डिष्ट्रिक्स कोओर्डिनेटर ब्लड डोनेशन ला. सन्तोष कुमार श्रेष्ठले पहिलो रक्तदाता ला. बिनोद तिवारीलाई ब्लडब्याग हस्तान्तर गरी कार्यक्रमको सुरुवात गर्नुभएको थियो । कार्यक्रममा बोल्दै ला. सन्तोष कुमार श्रेष्ठले रक्तदान जीवनदान भएकाले सबैले रक्तदान गर्न आग्रह गर्नुभयो । एक स्वास्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्न सक्ने बताउँदै एक यूनिट रगतले कसैको ज्यान बच्न सक्ने कुरा मनन् गर्न आग्रह गर्नुभयो । विश्वभरी रहेका लायन्स क्लबले हरेक बर्ष स्वास्थ्यको क्षेत्रमा कुनै न कुनै काम गर्नुपर्ने र त्यसमा पनि रक्तदान धेरै क्लबहरुले गर्ने गरेको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा जोन चियर पर्सन तथा हिमालयन कलेज अफ हस्पिटालिटी म्यानेजमेन्टका प्रबन्ध निर्देशक ज्ञान रानाले लायन्स क्लबसंग सहकार्य गरी रक्तदान कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले यस कार्यक्रमा सहयोग गर्नुहुने लायन्स क्लब अफ पेन्गुईनका अध्यक्ष दिपेश त्रिपाठी लगायत क्लका सदस्यहरुलाई धन्यवाद दिनुभयो । लायन्स क्लब अफ पोखरा पेन्गुईनका अध्यक्ष दिपेश त्रिपाठीले रक्त संचार कास्कीको प्राबिधिक सहयोगमा कार्यक्रम संभव भएको भन्दै रक्तदानमा सहभागी सबैलाई धन्यवाद दिनुभयो ।



