स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई प्रस्तावित संघीय निजामती ऐनमा निजामती कर्मचारीको परिभाषामा नसमेटिएको भन्दै बारपाका सुलिकोट गाउँपालिकामा स्थानीय सेवाका सम्पूर्ण कर्मचारीहरुले निजामती दिवस बहिस्कार गरेका छन् । उनीहरुले पालिका परिसरमा कालो पट्टीका साथ बिरोध जनाएका हुन् । उनीहरुले प्रस्तावित संघीय निजामती ऐनमा समावेश गर्न समेत १० बुदँे पत्र पालिका समक्ष संघीय सरकारलाई बुझाएका छन् । बुदाहरुमा संघीय निजामती सेवा एनको सट्टामा विभेदरहित एकीकृत सेवा ऐन ल्याउनुपर्ने, कर्मचारीहरुको सरुवा २१ औं शताब्दी अनुकुल अनुमान योग्य तथा चक्रिय प्राालीमा हुनुपर्ने, कर्मचारीहरुको सुरक्षाको प्रत्याभूती हुनुपर्ने, स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको अन्तरप्रदेश सरुवाको व्यवस्था एकीकृत निजामती सेवा ऐनमा नै उल्लेख गर्नुपर्ने जस्ता कुराहरु बिज्ञप्तीमा उल्लेख छ । पत्रप्राप्त पछि बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्टले कर्मचारीका कुराहरुलार्य समर्थन गर्दै संघीय सरकारसंग कुरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले कर्मचारीहरुको बिज्ञप्ती समावेश गरी संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाईसकिएको जानकारी दिनुभयो ।




