गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धितालद्धारा तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका स्तिथ राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम र व्यवसायीक कीट विकास केन्द्रको अवलोकन गर्नुभएको छ ।
अवलोकनको क्रममा नेपालकै नुमना बाख्रा अनुसन्धान केन्द्रको विकास र समृद्धि निकै आशालाग्दो बताउँदै केन्द्रमा भएको व्यस्थापन, स्वास्थ्यकर बाख्राहरु देख्दा खुसी लागेको बताउनुभयो । बाख्रा अनुसन्धानको केन्द्रको रुपमा रहेको यस ठाउँ धेरै कृषकहरुको आशाको केन्द्र पनि हो भन्दै उहाँले भन्नुभयो, सरकारले यस्ता ठूला र नुमना क्षेत्रहरुमा बिशेष जोड दिन जरुरी छ । ८९० वटा बाख्रा रहेको यस अनुसन्धान केन्द्रले बिशेषत बाख्रा प्रजनन् तथा अनुसन्धान क्षेत्रको रुपमा काम गर्दै आएको छ ।


करिब १६०० रोपनी क्षेत्रफलको जमिनमा केन्द्रले बाख्रा ब्याड् उत्पादन, नयाँ नश्लको खोजी, माउ तथा पाठापाठी उत्पादनको लागी काम गर्दे आएको छ । शुक्रबार नै माननीय सभामुख धितालले बन्दिपसुर नजिकै रहेको व्यवसायीक कीट विकास केन्द्रको पनि अवलोकन गर्नुभएको छ । बिगत लामो समय देखी रेशम खेती, च्याउ र मौरी पालनको क्षेत्रबाट सेवा प्रदान गर्दै आएको विकास केन्द्रले रेशम खेतीको लागी अण्डा उत्पादन र कृषकसंग सहजीकरण, च्याउका बिउ उत्पादनका साथै मौरी पालन पनि गर्दै आएको छ ।
हरेक बर्ष कार्यालयले ५० प्रतिशत अनुदानमा मौरी सहितको घार कृषकहरुलाई बितरण गर्दै आएको कृषि प्रसार अधिकृत भवनाथ देबकोटाले जानकारी दिनुभयो ।



