नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले फाल्गुन १ गतेलाई राष्ट्रिय दिवस घोषणा गर्दै सार्वजनिक विदा दिन सरकारसंग माग गरेको छ । पार्टीका महासचिव क.गौरवद्धारा जारी विज्ञप्तीमा माओवादी आन्दोलनका नाममा मुलुक र जनतालाई तत्कालिन नेतृत्वबाट गद्धारी भएको भन्दै चर्को आलोचना समेत गरिएको छ ।

‘युद्ध र आन्दोलनका क्रममा हजारौँ नेपाल आमाका छोराछोरीहरु सहिद हुनु पुगे, तर गणतन्त्रका नाममा मुलुकमा नवसामन्तवादको उदय भयो, विज्ञप्तीमा भनिएको छ, गणतन्त्रवादी भनिएका प्रचण्ड र बाबुराम पटक पटक मुलुकको कार्यकारी नेतृत्वमा पुगेपनि नेपाल र नेपालीलाई धोका दिई अमेरीकी साम्राज्यवादको ताङमुनी छिर्दै प्रतिगमन तर्फ लाग्न पुगेका छन् ।’ उनिहरुका कारण मुलुकले यो दुर्दशा भोग्नु परेको भन्दै आपत्ति समेत प्रकट गरिएको छ ।

पार्टीले जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गरि दिवकासका दिन सार्वजनिक विदा दिन माग समेत गरेको छ । ‘जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्दै वेपत्ता योद्धाहरुको अवस्था सार्वजनिक गर्दै फाल्गुन १ गते सार्वजनिक विदा दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकार समक्ष जोडदार माग गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ ।

जनयुद्धमा जनताले गरेको बलिदानीपुर्ण त्याग माथी खेलवाड नर्गन आग्रह गर्दै यदि त्यसो गरिए आफ्नो पार्टी जस्तो सुकै कदम चाल्न पछि नपर्ने चेतावनी महासचिव गौरवले दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार