कांग्रेसको संसदिय दलको नेता चयन गर्न गण्डकीमा पनि निर्वाचन हुने भएको छ । यहि पौष १३ गते गण्डकी प्रेदशसभा संसदिय दलको नेता चयन गर्ने गरि निर्वाचन तालिका सार्वजनिक गरिएको हो ।
तालिका अनुसार १२ गते बिहान १० बजे मतदाता नामावली प्रकाशन, १२ देखी १ बजेसम्म नामावली उपर दावी विरोध, २ बजेसम्म जाँचबुज पछि पुनः नामावली प्रकाशन, १३ गते बिहान ८ देखी ९ बजेसम्म उमेदवारको नाम दर्ता, ९ः३० सम्म उमेदवारको प्रथम नामावली प्रकाशन, १०ः३० बजेसम्म उमेदवारी उपर दावी विरोध, ११ बजेसम्म जाँचबुझ पश्चात पुनः नामावली प्रकाशन, २ बजेसम्म नाम फिर्ताको समय तोकिएको छ ।

यस्तै २ः३० बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन, ४ बजेसम्म नेपाली कांग्रेसको गण्डकी प्रदेश कार्यालय तेर्सापट्टीमा मतदान हुनेछ । तत्पश्चात मतगणना गरिने छ । नेपाली कांग्रेसका गण्डकीमा २७ जना प्रदेशसभा सदस्य रहेका छन् ।



