पोखरा महानगरपालिका ३२ राजाको चौतारा स्थित ब्रह्मारुपा माध्यामिक विद्यालयमा अंगरक्षक तथा महिला हिंसा कानूनी सचेतना तालिम सुरु भएको छ । गुरु फिजिकल ट्रेनिङ सेन्टरको आयोजना तथा पोखरा महानगपालिका र पोखरा ३२ वडा कार्यालयको सहयोगमा अंगरक्षक तालिम तथा कानुनी सचेतना कार्याक्रम सुरु भएको हो ।

विधार्थीहरुलाई भैपरि आएमा कसरी आफ्नो सुरक्षा गर्ने तथा महिला हिंसा भएमा कसरी कानूनी सहायता लिने भन्ने विषयमा विधार्थीहरुलाई सचेतना गराउने लक्ष्यले एक हप्ते कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै प्रतिनिधि सभासदस्य डा।ढाका कुमार श्रेष्ठले युवालाई कानूनी ज्ञानको कमी हुँदा सद्यैं हिंसामा पर्ने गरेको सुनाए ।
उनले महिला मात्रै नभइ पुरुष समेत हिंसामा परेको तर त्यसबारे कसरी लड्ने भन्ने बारेमा अबुझ हुँदा सद्यैं पिडित भएर बस्न बाध्य रहेको सुनाए । साथै महिलाहरुमाथि हुने हिंसात्मक आक्रमणका लागि अंगरक्षक सम्बन्धि प्रशक्षिणले सकरात्मक प्रभाव पार्नेमा आफु आशावादी रहेको बताए । श्रेष्ठले अहिले युवा सबै विदेश पलायन भएको कारण देशमा विकासले गति लिन नसेको बताए । रोजगारीको व्यवस्था गरेर देशमा नै रोजागरको व्यवस्था गरेर युवालाई देशमा नै रोजगारीको व्यवस्था गर्नुपर्ने बताए ।
विद्यालयका प्रधान्ध्यापक जनआर्जन सुबेदीले कार्यक्रमको सफलतको शुभकामना दिदै यस्ता कार्याक्रमले समाजमा सकरात्म प्रभाव पर्ने बताएका छन् । ढोडबेसी युवा क्लबका अध्यक्ष घनश्याम धमला, चौतारी युवा क्लबका अध्यक्ष सुर्य पौडेलले युवालाई खेलकुदमा जोड्नुपर्ने भन्दै समाजमा अंगरक्षा तालिम र कानुनी सचेतनाको खाँचो रहेको औंल्याए ।
गुरु फिजिकल ट्रेनिङ सेन्टरका संचालक सुरेश अधिकारीले विद्यार्थीले कार्यक्रममा सिकेको सिप र ज्ञान समाजमा बाड्नुपर्ने बताए । उनले अहिलेको समयमा समाजमा कानुनी चेतनाको खाँचो रहेको बताए । विद्यार्थीको माध्यमबाट समाजमा सबै मानिसमा यो ज्ञान फैलनुपर्ने बताए । कक्षा ६ देखी कक्षा १२ सम्मको विद्यार्थीलाई तालिम दिइने छ ।



