कास्की–२ मा गठबन्धनका तर्फबाट प्रदेशसभा २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले आफूले सुरु गरेका काम पुरा गर्न पुनः सोही क्षेत्रबाट उठेको बताएका छन् ।
पोखरा २० भलाममा पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी अभियानमा थापाले पोखरा भलाम क्षेत्रमा धेरै योजना र कार्यक्रम सुरु गरेकाले त्यसलाई पुरा गर्न पुनः जिताउनुपर्ने बताए । ‘पहिला तपाईहरुले नै अमूल्य मत दिएर जिताउनुभएको हो । पहिलो कार्यकालमा धेरै विकास निर्माणका काम सुरु भएका छन्,’ उनले भने, ‘अब केही नयाँ काम गर्नुपर्नेछ अनि पुराना योजना पुरा गर्नपर्नेछ ।’

स्थानीयले पनि नेताहरुसँग बाटो, खानेपानी र विकास निर्माणको समस्या हल गरिदिन आग्रह गरेका थिए । स्थानीय शेषकान्त शर्माले बाटोका लागि केन्द्रीय योजनामा पर्न नसकेको गुनासो गरेका थिए । उक्त कुरा सुनेपछि थापाले आफुले सकेको सहयोग सधैं गर्ने प्रतिबद्धता व्यक्त गरे । थापाले आफूले नयाँ पाँच योजना लिएर निर्वाचनमा होम्मिएको समेत बताए । सानो क्षेत्रलाई मात्र नभई समग्र राष्ट्र हितका लागि आफुले योजना अघि सारेको उनले सुनाए ।

गठबन्धनले देशको निकास गर्ने भएकाले आफूमात्र नभएर आफ्नो क्षेत्रसहित सबै जिल्लामा गठबन्धनले जित्न आवश्यक रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार