गोरखाको बारपाक सुलिकोट गाउँपालिका ४ स्थित सौरपानीमा आँखा जाँच (शिविर) सम्पन्न भएको छ । बारपाक सुलिकोट गाउँपालिका र लायन्स आँखा सेवा केन्द्रको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रमबाट १५६ जना लाभान्वित भएका थिए । सौरपानी स्वास्थ्य चौकीको भवनमा जाँच गर्दा ६ जनालाई मोतियाबिन्दुको शल्यक्रिया गर्नुभपर्ने देखिएकाले गोरखा रिफर गरिएको छ भने अन्यलाई उपचार पश्चात् औषधी बितरण गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार