बारपाक सुलिकोट गाउँपालिका गोरखामा लोकसेवा र शिक्षक सेवा आयोग तयारी कक्षा निःशुल्क हुने भएको छ । पालिकाले आफ्नो बार्षिक नीति कार्यक्रममा समावेश गरे अनुसार कक्षाहरु संचालन गर्ने बताएको हो । संचालन हुने कक्षाहरुमा नायब सुब्बा÷सहायक पाँचौ तह, शिक्षक सेवा आयोग अन्र्तगतका प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तहका कक्षाहरु संचालन हुने प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अचार्यले जानकारी दिनुभएको छ । उहाँका अनुसार आवश्यकताका आधारमा शैक्षिक योग्यता प्राप्त नागरिकले असोज २० गते भित्र पालिका कार्यालयको शिक्षा, युवा तथा खेलकुद शाखामा निवेदन दिन वा पालिकाको इमेल barpaksulikotrm@gmail.com मा आवश्यक कागजात सहित निवेदन दिन समेत सक्ने छन् ।
बारपाक सुलिकोट गाउँपालिकाले जारी गरेको बिज्ञापन हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार