नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आसन्न प्रदेश तथा प्रतिनिधि सभाको चुनावका लागि सत्ता गठबन्धन बिच सिट बाँडफाँड अर्थात् भागबन्डाको विषय अन्तिम चरणमा पुगेको बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाटमा नेता खनालले आफूहरूले सहमतिको ९० प्रतिशत कोर्स पुरा गरेको बताएका हुनु ।

आइतबारसम्म सिट बाँडफाँडको टुङ्गो लाग्ने खनालले बताए । “एमाले राप्रपा र पाँच दलीय गठबन्धन, यसपालि गठबन्धन गठबन्धनका बिचमा अर्को चुनाव हुनेवाला छ, उनले भने, ‘यस चुनावको परिणामका विषयमा सिङ्गो देशले जिज्ञासाका साथ हेरिरहेको छ, हामी वार्ता क्रममा छौँ, हामी सहमतिको नेर नेर पुगेका छौँ, पर्सि सम्म हामी सहमतिमा पुग्छौँ ।” गठबन्धनका बिच सहमति भए पनि आफूहरू चुनावको मैदानमा निस्कने नेता खनालले बताए ।

मुलुकमा वाम एकता इतिहास देखी अहिले सम्म पनि उत्ति कै महत्वपूर्ण र आवश्यक रहेको उनले बताए । २०४८ सालमा आफूहरूले एक वाम एक ठाँम भन्ने अभिप्राय लिए पनि त्यस बखत सफल हुन नसकेको इतिहास कोट्टाउँदै नेता खनालले महाकाली सन्धिसम्म आइपुग्दा विभाजन सम्म पुगेको तितो यथार्थ पनि सुनाए । त्यसरी विभाजन हुनु दुखद भएको बताउँदै नेता खनालले नेपालका वामहरूले अनेक अवसरहरू गुमाउँदै आएको बताए । “पछिल्लो कालमा दुई तिहाइ बहुमत हामीले प्राप्त गरी नै सकेका थियौँ, उनले भने, ‘तर त्यसलाई जोगाउने अभिभारा जुन नेताको काँधमा थियो, तर नेता त्यो अभिभाराबाट पुरै विमुख भए, त्यसले गर्दा खेरी वाम एकता बच्न सकेन ।” वाम एकता अहिले पनि जरुरी रहेको उनले बताए । वाम समूहका प्रमुख नेताहरू नै वाम एकताको पक्षमा नभएको दुखेसो समेत उनले पोखे ।

अहिले विवादमा परेको नागरिकता विद्ययेक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा बनेको नेता खनालले उल्लेख गरे । त्यस बेला प्रगतिशील भनिएको यो विद्ययेकका सम्बन्धमा अहिले राष्ट्रपति विद्यादेवी भण्डारीले खेलेको भूमिका प्रति उनले सङ्कोच व्यक्त गरे । “वर्तमान राष्ट्रपतिले नै प्रमाणीकरण गरेको विद्ययेक हो, त्यति बेला यो एकदम प्रगतिशील हुने, खनालले भने, ‘तर अहिले आएर यो राष्ट्रघाती विद्ययेक हुने, यो स्टान्दर्द मैले बुझेको छैन, यो के स्टान्दर्द हो ।” नेपाली जनताले यो गौर ढङ्गले बुझ्न जरुरी रहेको उनले बताए । राष्ट्रपतिका सामु संविधान बमोजिम काम गर्नुको विकल्प नभएको उनले बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका खनालले आफूलाई कुनै पदको लोभ नभएको बताए । आफूहरू व्यक्तिगत रूपमा प्रधानमन्त्री वा राष्ट्रपति बन्ने लोभ नभएको तर राष्ट्रको आवश्यकता अनुसार जिम्मेवारी बहन गर्न तयार रहेको उनले बताए । आगामी चुनावमा माओवादीसँग कार्यगत एकता गर्ने उनले बताए । उनले भने, अबको चुनावमा पनि हामी कार्यगत एकता गछौँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार