भिमसे न थापा गाउँपालिका गोरखाको बर्ष २०७८÷०७९ को बार्षिक समिक्षा कार्याक्रम सम्पन्न भएको छ । गत आर्थिक वर्षमा पालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, त्यसको प्रभाव र समस्याहरूको समिक्षा गरी असल अभ्यासहरूलाई यस आर्थिक वर्षमा प्रभावकारी ढंगले काम अगाडि बढाउन सहयोग पुग्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताउनुभयो ।
बार्षिक समिक्षा कार्यक्रममा वडाका सचिवहरू साथै शाखाका प्रमुखहरुले गत आर्थिक बर्षमा भएका सम्पूर्ण कामहरूको प्रगति, चुनौती र सम्भावनाका बिषयमा प्रस्तुती राखेका थिए । भिमसेन थापा गाउँपालिकामा गत बर्ष उपभोक्ता समुहबाट गरिने बिकास निर्माणका काम ५२५ सम्झौता भएकोमा ४९५ वटा योजनाहरु सम्पन्न भएको पालिकाका सुचना अधिकारी तथा इन्जिनियर प्रमुख ईं कपिल पनेरुले जानकारी दिनुभयो । गत बर्ष पालिका भरीमा करिब १ किलोमिटरबाटो ढलान भएको र कालोपत्रेको हकमा मध्यपाहाडी राजमार्ग परेकाले प्रदेश तथा संघीय तहबाटै काम भईरहेको बताउनुभयो । पालिका भित्र बन्ने १० शैयाको अस्पतालको डिपिआर भएको र ओख्ले अधारभुत स्वास्थ्य सेवा केन्द्रको ७५ प्रतिशति भौतिक प्रगती साथै महादेबटार आधारभुत स्वास्थ्य सेवा केन्द्रको ७० प्रतिशत प्रगती भएको ईं. पनेरुले जानकारी दिनुभयो ।

पालिकाले योजनाहरूको छनोट समयमै मुल्याङकन र अनुगमनका साथै भुक्तानी प्रक्रियालाई सरल बनाउने र आन्तरिक नियन्त्रण प्रणालीको विकास गर्दै न्यूनिकरण गर्दै लैजाने समिक्षा बैठकमा छलफल भएको थियो । सो अवसरमा राजस्व असुली, करका दर र दायराहरूको विस्तार र विकासका साथै सामाजिक सुरक्षा र सुशासन प्रजाह गर्न भुमिका खेल्ने बताईएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष लोक प्रसाद बञ्जराले व्यवस्थित ढंगले योजना बनाएर परिणाम देखिने गरी काम अगाडि बढाउन सबैको जोड हुन पर्ने बताउनुभयो । बिगतमा जे जस्तो भएपनि अब यो बर्ष सतप्रतिशत नतिजा निकाल्ने गरी काममा लाग्न सबैसंग आग्रह गर्नुभयो ।




