गोरखा जिल्लामा रहेको एतिहासिक धार्मिक नारद पोखरीमा जनैपुर्णिमा मेला सम्पन्न भएको छ । हरेक बर्ष जनैपुर्णिमाको दिन हुने मेलामा हजारौं दर्शनार्थीको सहभागीता रहेको थियो ।

 

बारपाकबाट करिब दुई दिन हिडेर पुगिने नारद पोखरी समुन्द्र सतहबाट ४१०० मिटरको उचाईमा रहेको छ । पोखरीमा गएर स्नान गर्नाले मनोकाँक्षा पुरा हुने जनविश्वास छ । सन्तान नहुनेहरुको लागी सन्तान प्राप्ती हुने र भएका घटनाहरु मेलामा सहभागी दर्शनार्थीहरुले बताएका थिए । जनै पुर्णिमा साउन महिनामा पर्नाले झन यसको गरिमा बढ्ने र बढी दर्शनार्थी सहभागी भएको स्थानीय गंगाबहादुर घले बताउँनुहुन्छ ।

मेलाको अवसरमा बारपाक सुलिकोट गाउँपालिकाका कर्मचारीहरुबाट बिशेष अवलोकन भएको थियो । गाउँपालिका इन्जिनियर प्रमुख ई. अभिनव गौतम, लेखा शाखा प्रमुख कल्पना पौडेल रेग्मी, स्वास्थ्य शाखा कृष्ण भट्ट, आईटी प्रमुख रुपेश शर्मा, सब इन्जिनियर उज्वल गिरी, शिक्षा शाखा सुर्य गौतम, देउराली स्वास्थ्य चौकी प्रमुख भिमसेन धिताल, सवारी चालक यम बहादुर सुनार लगायतको टोलि मेलामा सहभागी भएको थियो ।

गाउँपालिकाको सहयोगमा बाटो देखी पर्यटकहरुको लागि बिभिन्न ठाउँमा पोर्टर हाउस निर्माण गरिएको ई. अभिनव गौतम बताउनुहुन्छ । हरेक बर्ष मेलाको रुपमा मनाईने भएपनि नारदपोखरी सम्म पर्यटकमार्ग बनिसकेको र अब पर्यटक ढुक्कका साथ जान र रमाउन सक्ने उहाँले बताउनुभयो । नारद पोखरीमा पर्यटन बिस्तारको संभावना रहेकाले यसको संभाव्यता र सुरक्षित गन्तब्यका लागी प्राबिधिक रुपमा पनि खोज अनुसन्धान गरिएको ईन्जिनियर गौतमले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार