नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९एन-एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपत्कालीन अवतरण गरिएको छ ।

जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काइएको हो ।
अहिले जहाज सुरक्षित अवतरण भएको छ । जहाजमा चालक दलका सदस्यसहित ७९ जना यात्रारत थिए ।



