बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले कर्मचारीहरुलाई आफ्नो कार्य सम्पादन समयमै उचित ढंगले सक्न निर्देशन दिनुभएको छ । पालिकाकोे गर्याे तेस्रो चौमासिक तथा वार्षिक प्रगती समिक्षा कार्यक्रममा बोल्दै उहाँले जनस्तरबाट आएका कामहरुलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङले कार्यक्रममा स्वागत गर्नुभएको थियो । वडा सचिवहरु, शाखा प्रमुखहरुले तेस्रो चौमासिक तथा बार्षिक प्रगति समिक्षा कार्यक्रम प्रस्तुत गरेका थिए ।
गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टको अध्यक्षतामा भएको कार्यक्रममा भट्टले बारपाक सुलिकोट गाउँपालिकालाइ विकास निर्माणमा अग्र स्थानमा राख्दै नागरिकहरुको सेवामा खटिन आग्रह गर्नुभयो । पालिकाले आर्थिक वर्ष ०७८÷०७९ को समिक्षा आइतबार र सोमबार गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार