नेपालमा थप ४३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको ३६९९ नमूना परीक्षणमा ४३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यस अवधिमा २ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४३६९ पुगेको छ ।



